2 years ago
June 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अनुभवी बायाँ हाते ओपनर दिमुथ करुणारत्नेको शतकमा श्रीलंकाले आइसिसी विश्वकप छनोटमा आयरल्यान्डलाई ३ सय २६ रनको विशाल लक्ष्य दिएको छ । क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.५ ओभरमा ३ सय २५ रनमा अल आउट भयो ।

श्रीलंकाका दिमुथ करुणारत्नेले १ सय ३ बलमा ८ चौकासहित १ सय ३ रनमा आउट भए । ओडिआई करिअरको पहिलो शतक हानेका दिमुथ मार्क आदिरको बलमा बोल्ड आउट भए । त्यस्तै सदिरा समराविक्रमा ८६ बलमा ४ चौकासहित ८२ रनमा आउट भए ।
तेस्रो विकेटका लागि सदिरा र दिमुथले १ सय ६८ रनको सानदार शतकीय साझेदारी गरेका थिए । चरिथ असलंका ३० बलमा १ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । धनन्जय डि सिल्भा ३५ बलमा ४ चौका र १ छक्कासहित ४२ र पाथुम निसांका २० रनमा आउट भए ।
आयरल्यान्डका मार्क आदिरले ९.५ ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ४ विकेट लिए । ब्यारी म्याकार्थीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिए । प्रमुख तीव्र गतिका बलर जोशुवा लिटिलले ८ ओभरमा ७८ रन खर्चिदा विकेट लिन सकेनन् । ग्यारेथ डेलानीले १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए ।
सुरुवाती दुई खेलमा पराजित भएको आयरल्यान्डलाई सुपर सिक्स पुग्ने आशा कायमै राख्न श्रीलंकालाई हराउनै पर्ने हुन्छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]