2 years ago
June 25, 2023
एजेन्सी – उपाधिको प्रमुख दाबेदार श्रीलंकाले आइसिसी विश्वकप छनोटमा आयरल्यान्डलाई १ सय ३३ रनको फराकिलो अन्तरले हराउँदै सुपर सिक्समा स्थान पक्का गराएको छ । श्रीलंका लगातार तेस्रो जितका साथ सुपर सिक्समा पुग्दा अर्को टेस्ट टोली आयरल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ ।

जितको लागि ३ सय २६ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयल्यान्ड ३१ ओभरमा १ सय ९२ रनमा अल आउट भयो । आयरल्यान्डका जर्ज डोकरेल ३४ खेलमा १ चौकासहित २६ रनमा नट आउट रहे ।
आयरल्यान्डका कर्टिस क्याम्फरले ३१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । ह्यारी टेक्टर ३५ बलमा ३ चौका र १ छक्कासहित ३३, एन्डी म्याकबर्नी १७, पल स्टरलिङ ६, एन्डी बालबर्नी १२ र ग्यारेथ डेलानी १९ रनमा आउट भए ।
जोश लिटिल १४ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए ।
श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले १० ओभरमा ७९ रन खर्चेर ५ विकेट लिए । हसरंगाले युएईसँग ६ र ओमानसँग ५ विकेट लिएका थिए । उनले मात्रै ३ खेलमा १६ विकेट लिएका छन् । महेश थिक्सेनाको नाममा दुई विकेट रह्यो ।
त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.५ ओभरमा ३ सय २५ रनमा अल आउट भएको थियो । श्रीलंकाकाको जितमा दिमुथ करुणारत्नेले १ सय ३ बलमा ८ चौकासहित १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए । ओडिआई करिअरको पहिलो शतक हानेका दिमुथ मार्क आदिरको बलमा बोल्ड आउट भएका थिए ।

त्यस्तै सदिरा समराविक्रमा ८६ बलमा ४ चौकासहित ८२ रनमा आउट भए । तेस्रो विकेटका लागि सदिरा र दिमुथले १ सय ६८ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
चरिथ असलंका ३० बलमा १ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । धनन्जय डि सिल्भा ३५ बलमा ४ चौका र १ छक्कासहित ४२ र पाथुम निसांका २० रनमा आउट भए ।
आयरल्यान्डका मार्क आदिरले ९.५ ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ४ विकेट लिएपनि टोलीको जित दिलाउन सकेनन् । ब्यारी म्याकार्थीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर ३ विकेट लिए । ग्यारेथ डेलानीले १० ओभरमा ५२ रन खर्चेर २ विकेट लिए ।

आयरल्यान्ड स्कटल्यान्डसँग एक विकेट र ओमानसँग ५ विकेटले पराजित भएको थियो । आयरल्यान्डले अन्तिम खेल मंगलबार युएईसँग खेल्नेछ । श्रीलंकाले अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । श्रीलंकाले पहिलो खेलमा युएईलाई १ सय ७५ र ओमानलाई १० विकेटले हराएको थियो ।
समूह बी बाट युएई र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । समूह ए बाट नेपाल र अमेरिका बाहिरिएका छन् । समूह ए बाट जिम्बावे, नेदरल्यान्ड्स र वेस्टइन्डिज सुपर सिक्समा पुगेका छन् । समूह बी बाट स्कटल्यान्ड, ओमान र श्रीलंका सुपर सिक्समा पुगेका छन् ।
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]
November 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]