default_image

2 years ago

June 25, 2023

नेपाल र आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो

255 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपाल र टेस्ट टोली आयरल्यान्डसहित प्लेअफ खेल्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएईले प्लेअफ खेल्ने भएका छन् ।

प्लेअफ समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्रतिस्पर्धा हुनेछ । ३० जुन देखी ६ जुलाई सम्म चल्ने प्रतियोगिताबाट ७ औं देखी १० औं स्थान निर्धारण हुनेछ । प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यी दुई खेल ७ औं स्थानको लागि सेमिफाइनल सरह हुनेछन् । दुबै विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल समूह ए मा ४ खेलमा ३ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ । अमेरिका सुरुवाती तीन खेलमा हारका साथ पुछारमा छ । अन्तिम खेलमा सोमबार अमेरिका वेस्टइन्डिजसँग पराजित भएमा नेपाल चौथो स्थानमा रहनेछ । यदि अमेरिका विजयी भएमा भने नेटरनरेट निर्भर पर्नेछ ।

उता समूह बी मा आयरल्यान्ड तीनै खेलमा हारका साथ बाहिरिन पुग्यो । युएई पनि तीन खेलमा जित विहीन हुँदै बाहिरिएको थियो । मंगलबार युएई र आयरल्यान्डबीच समूह चरणको अन्तिम खेल हुनेछ । उक्त खेलको विजेता टोली चौथो र पराजित हुने टोली पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्नेछन् ।

समूह ए बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्टइन्डिज सुपर सिक्समा पुगेका छन् । समूह बी बाट श्रीलंका, ओमान र स्कटल्यान्ड सुपर सिक्समा पुगेका छन् । शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

January 13, 2025

नेपाल अभ्यास खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]

January 13, 2025

नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

Success

Thank you for your time.