default_image

1 year ago

June 26, 2023

तीन खेलमा १६ विकेट लिँदै हसरंगाको दुर्लभ विश्व कीर्तिमान

127 views

0 Bookmark

एजेन्सी – श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले जिम्बावेमा जारी विश्वकप छनोटमा तीन खेलमा १६ विकेटका साथ दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । हसरंगा ओडिआई इतिहासमा लगातार तीन पटक पाँचमाथि विकेट लिने विश्वकै पहिलो स्पिनर बनेका छन् । ओडिआईमा लगातार तीन पटक पाँचमाथि विकेट लिने उनी विश्वकै दोस्रो बलर हुन् ।

उनीअघि पाकिस्तानका तीव्र गतिका बलर वाकर युनिसले सन् १९९० को नोभेम्बरमा वेस्टइन्डिज र न्युजिल्यान्डसँग गरि लगातार तीन पटक पाँचमाथि विकेट लिएका थिए । यी दुई बलर बाहेक अन्य कुनैपनि खेलाडीले ओडिआईमा लगातार तीन पटक पाँचमाथि विकेट लिन सकेका छैनन् ।

वानिन्दुले पहिलो खेलमा युएईलाई १ सय ७५ रनले हराउन ८ ओभरमा १ मेडनसहित २४ रन खर्चेर ६ विकेट लिएका थिए । त्यस्तै उनले दोस्रो खेलमा ७.२ ओभरमा २ मेडनसहित १३ रन खर्चेर ५ विकेट लिएका थिए । उनले आयरल्यान्डविरुद्ध १० ओभरमा ७९ रन खर्चेर ५ विकेट लिएका थिए ।

समूह बी मा रहेको श्रीलंका एक खेल अगावै सुपर सिक्समा पुगेको छ । श्रीलंकाले अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा श्रीलंका ४ अंकका साथ सुपर सिक्समा जानेछ । सुपर सिक्समा समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स पुगेकाछन् ।

समूह बी बाट ओमान, स्कटल्यान्ड र श्रीलंका सुपर सिक्समा पुगेका छन् । शीर्ष दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.