default_image

2 years ago

June 27, 2023

विश्वकप ट्रफी नेपाल नआउने

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

२७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ । यस पटक विश्वकप ट्रफी विश्वका १८ देशमा भ्रमण गराइनेछ । कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, इटाली, न्युजिल्यान्ड, अष्ट्रेलिया, पपुवा न्युगिनी, भारत, वेस्टइन्डिज, पाकिस्तान, श्रीलंका, बंगलोदश र दक्षिण अफ्रिका गरि १८ देशमा भ्रमण गराइनेछ । विभिन्न देश भ्रमण गरेर ४ सेप्टेम्बरमा भारतमा आएर समाप्त हुनेछ ।

तर नेपाल आउने भने तालिका छैन । यसअघि २०१९ को विश्वकपमा नेपालमा विश्वकप ट्रफी भ्रमणमा ल्याएको थियो । काठमाडौं र पोखरामा लगेर राखिएको थियो । त्यस्तै २०२२ को टि२० विश्वकपको ट्रफी नेपालमा ल्याउँदै विभिन्न स्थानमा प्रदर्शनमा राखिएको थियो ।

विश्वकप ट्रफी विश्वभर समर्थक सामु प्रदर्शनमा राखिने गरिन्छ । २०२३ को विश्वकप ५ अक्टोबर देखी १९ नोभेम्बर सम्म भारतमा हुनेछ । १० टोली सहभागी प्रतियोगिता लिगको आधारतमा हुनेछ ।

विश्वकप खेल्ने ८ टोली (भारत, पाकिस्तान, बंगलोदश, अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड र दक्षिण अफ्रिका) पक्का भएको छ । अव दुई टोली छनोटबाट आउने छन् ।

जिम्बावेमा जारी विश्वकप छनोटको सुपर सिक्समा नेदरल्यान्ड्स वेस्टइन्डिज, जिम्बावे, श्रीलंका, स्कटल्यान्ड र ओमान मध्य शीर्ष दुई टोली विश्वकपमा आउनेछन् ।

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

February 7, 2025

खुकरी क्लब रुपन्देही सुपर लिगको फाइनलमा

सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]

February 7, 2025

अर्जुन ट्रफीको सेमिफाइनल समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]

Success

Thank you for your time.