default_image

2 years ago

June 27, 2023

श्रीलंका सुपर सिक्सको अंक तालिकामा शीर्ष स्थानमा

257 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह बी बाट अपराजित रहँदै सुपर सिक्समा पुगेको श्रीलंका नेटरनरेटको कारण शीर्ष स्थानमा भएको हो ।

श्रीलंका २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । जिम्बावे २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंकाको नेटरनरेट २.६९८ र जिम्बावेको ०.९८२ छ । स्कटल्यान्ड २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । वेस्टइन्डिज र ओमान भने दुबै खेलमा हारका साथ पाँचौं र छैटौं स्थानमा छन् ।

जिम्बावे समूह ए बाट ४ खेलमा अपराजित रहँदै सुपर सिक्समा पुगेको थियो । जिम्बावेले सुपर सिक्समा पुगेका वेस्टइन्डिज र नेदरल्यान्ड्स दुबैलाई हराएको हुँदा ४ अंक पाएको हो । नेदरल्यान्ड्स ४ खेलमा ३ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो ।

नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई हराएको हुँदा २ अंक पाएको हो । वेस्टइन्डिज भने समूह चरणमा नेदरल्यान्ड्स र जिम्बावे दुबै टोलीसँग पराजित भएको थियो । त्यसैको कारण अंक विहीन बनेको हो ।

यता श्रीलंका समूह बी बाट ४ खेलमा अपराजित रहँदै सुपर सिक्स खेलेको थियो । सुपर सिक्समा पुगेका आफ्ना समूहका ओमान र स्कटल्यान्ड दुबैलाई हराएको हुँदा श्रीलंकाले ४ अंक पाएको हो । स्कटल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारसहित दोस्रो स्थानमा रहेर सुपर सिक्समा पुगेको थियो ।

स्कटल्यान्डले सुपर सिक्समा पुगेको ओमानलाई हराएको हुँदा २ अंक पाएको हो । ओमान भने सुपर सिक्समा पुगेको स्कटल्यान्ड र श्रीलंका दुबैसँग पराजित हुँदा अंक विहीन बनेको हो । सुपर सिक्समा हरेक टोलीले तीन खेल खेल्नेछन् । समूह ए बाट आएका तीन टोलीले समूह बीबाट सुपर सिक्समा आएका तीन टोलीसँग खेल्नेछन् ।

जसबाट शीर्ष दुईमा रहने टोलीले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्न पाउनेछ । श्रीलंका र जिम्बावेले समूह चरणबाटै ४–४ अंक लगेर सुपर सिक्समा पुगेको हुँदा विश्वकप खेल्ने उच्च सम्भावना छ । वेस्टइन्डिज अंक विहीन हुँदै सुपर सिक्समा पुगेको हुँदा विश्वकप यात्रा निकै कठिन देखिन्छ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.