default_image

2 years ago

June 30, 2023

खराब ब्याटिङसँगै संकटमा नेपाली युवा

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले एसिसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा घरेलु टोली मलेसियाविरुद्ध खराब ब्याटिङ गर्दै संकटमा पुगेको छ । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै ८५ रन बनाएकोछ । नेपालका अभिषेक तिवारी २ र नरेन भट्ट १६ रनमा क्रिजमा छन् ।

नेपालले निरज कुमार यादवलाई ८ रनमै गुमाएको थियो । उनले थाईल्यान्डविरुद्ध ७ चौका र ६ छक्कासहित ७४ रनको उत्कृष्ट इनिङ खेलेका थिए । तीव्र गतिका बलर मोहम्मद अक्रमले उनलाई बोल्ड गरेका थिए ।

सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९ रनमा आउट भए । यी दुई ओपनरले थाईल्यान्डविरुद्ध १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । तर घरेलु टोलीविरुद्ध धेरै समय क्रिजमा टिक्न सकेनन् ।

उनी हजिक हैकवालको बलमा बोल्ड भएका थिए । विकेटकिपर आषिश लुहार गोल्डेन डक आउट भए । तीव्र गतिका बलर आरिन अकिले प्रतिक भट्टाईलाई ४ रनमा क्याच आउट गराए ।

स्पिनर मोहम्मद मुकरीले दीपु कुमारलाई १५ रनमा क्याच गराए । उनले ४१ बल खेलेका थिए । मुकरीको बलमा स्वीप खेल्दा मिस हुँदा सन्तोष यादव शून्यमा एलबीडब्लू आउटको शिकार भएपछि नेपाल १८.३ ओभरमा ८०- को अवस्थामा पुगेको थियो । मलेसियाली ब्यारले घरेलु मैदान र कन्डिसनको भरपूर्ण फाइदा उठाएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.