default_image

2 years ago

June 30, 2023

नेदरल्यान्ड्सविरुद्ध संकटमा श्रीलंका

229 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्ससँग खराब ब्याटिङ गरेसँगै संकटमा पुगेको छ । क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोेजेको श्रीलंकाले २७ ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ ।

श्रीलंकाका धनन्जय डि सिल्भा ५९ बलमा ४ चौकासहित ४१ र वानिन्दु हसरंगा ३ रनमा नट आउट छन् । अन्तिम आशाको रुपमा यी दुई ब्याटर छन् । यसपछि आउने सबै बलर हुँदा श्रीलंका संकटमा पुगेको हो ।

समूह चरणमा वेस्टइन्डिजलाई हराउन नायक बनेका तीव्र गतिका बलर लोगन भान बिकले नेदरल्यान्ड्सलाई ड्रिम सुरुवात दिलाएका थिए । बिकले पहिलो ओभरको पहिलो बलमै श्रीलंकाका ओपनर पाथुम निसांकालाई सकिबबाट क्याच गराए । रायन केलिनले चौथो ओभरको पाँचौं बलमा १० रनमा एलबीडब्लू आउट गरे ।

लोगन भान बीकको बलमा सदिरा समाराविक्रमा एक रनमा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भएपछि श्रीलंका ४।५ ओभरमा २७-३ को अवस्थामा पुगेको थियो । बिकले चारिथ असांकालाई तेजा निडामानिरुबाट २ रनमा क्याच गराए ।

स्पिनर सकिब जुफिकरको बलमा दिमुथ करुणारत्ने ३३ रनमा एज लागेर विकेटकिपरबाट क्याच आउट भए । उनले ५१ बलमा २ चौका प्रहार गरे । सकिबको बलमा स्वीप खेलेका कप्तान दासुन शानका मिस भएपछि ५ रनमा एलबीडब्लू आउट हुँदा श्रीलंका २५.१ ओभरमा ९६-६ को दयनीय अवस्थामा पुगेको थियो ।

समूह चरणमा नेदरल्यान्ड्सले वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । सुपर ओभरमा लोगन भान बीकले जेसन होल्डरलाई समान तीन चौका र छक्कासहित ३० रन जोड्नुको साथै दुई विकेट लिएका थिए ।

३ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा ३ सय ७४ रनमा पुर्याउँदै बराबर गराउन उनले १४ बलमा ३ चौका र १ छक्कासहित महत्वपूर्ण २८ रन जोडेका थिए । श्रीलंकाले आज टोलीमा एक परिवर्तन गरेको छ । कसुन रजिथाको बलमा दिलशान मदुशानकालाई मौका दिएको छ । श्रीलंका सुपर सिक्समा ४ अंकका साथ आएको छ । नेदरल्यान्ड्स २ अंकका साथ सुपर सिक्समा आएको छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.