default_image

2 years ago

June 30, 2023

नेदरल्यान्ड्सलाई श्रीलंकाको मध्यम लक्ष्य

197 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा नेदरल्यान्ड्सलाई २ सय १४ रनको मध्यम लक्ष्य दिएकोछ । क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४७.४ ओभरमा २ सय १३ रनमा अल आउट भयो ।

श्रीलंकाका धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ९३ रनको योगदान दिए । उनी स्पिनर आर्यन दत्तको ४७ औं ओभरको पहिलो बलमा डिप मिडविकेटमा बास डि लिडेबाट समातिन पुगे । एक समय १३१-७ मा पुगेको श्रीलंकालाई आठौं विकेटका लागि महेश थिक्सेना र धनन्जय डि सिल्भाले ७७ रनको महत्वपूर्ण साझेदारी गर्दै साख बचाएका थिए । थिक्सेना ४७ बलमा १ चौकासहित २८ रनमा आउट भए ।

त्यसअघि भने श्रीलंकाका ब्याटरको प्रदर्शन सम्झन लायक रहेन । तीव्र गतिका बलर लोगन भान बिकले नेदरल्यान्ड्सलाई ड्रिम सुरुवात दिलाएका थिए । बिकले पहिलो ओभरको पहिलो बलमै श्रीलंकाका ओपनर पाथुम निसांकालाई सकिबबाट क्याच गराए । रायन केलिनले चौथो ओभरको पाँचौं बलमा १० रनमा एलबीडब्लू आउट गरे ।

लोगन भान बीकको बलमा सदिरा समाराविक्रमा एक रनमा कप्तान स्कट एडवार्ड्सबाट क्याच आउट भएपछि श्रीलंका ४.५ ओभरमा २७-३ को अवस्थामा पुगेको थियो । बिकले चारिथ असांकालाई तेजा निडामानिरुबाट २ रनमा क्याच गराए ।

स्पिनर सकिब जुफिकरको बलमा दिमुथ करुणारत्ने ३३ रनमा एज लागेर विकेटकिपरबाट क्याच आउट भए । उनले ५१ बलमा २ चौका प्रहार गरे । सकिबको बलमा स्वीप खेलेका कप्तान दासुन शानका मिस भएपछि ५ रनमा एलबीडब्लू आउट हुँदा श्रीलंका २५.१ ओभरमा ९६-६ को दयनीय अवस्थामा पुगेको थियो ।

वानिन्दु हसरंगा २१ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए । नेदरल्यान्ड्सका लोगन भान बिकले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । बास डि लिडेले ९.४ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । सकिब जुलफिकरले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । आर्यन दत्त र रायन केलिनले समान एक विकेट लिए ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.