default_image

8 months ago

July 2, 2023

नेपालको राम्रो बलिङ प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध राम्रो बलिङ प्रदर्शन गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ । युएईका रोहन मुस्तफा ८ र बासिल हामिद २ रनमा क्रिजमा छन् । नेपालका तीव्र गतिका […]

92 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध राम्रो बलिङ प्रदर्शन गरेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय १ रन बनाएको छ ।

युएईका रोहन मुस्तफा ८ र बासिल हामिद २ रनमा क्रिजमा छन् । नेपालका तीव्र गतिका बलर करण केसी पहिलो ओभरको दोस्रो बलमै ओपनर आसिफ खानलाई शून्यमा पेभेलिएन फर्काएका थिए ।

आसिफ एज लागेर विकेटकिपर अर्जुन साउदबाट क्याच आउट हुन पुगेका थिए । नियमित ओपनर तथा कप्तान मोहम्मद वासिम चोटका कारण यस खेलमा छैनन् । वासिम नहुँदा आसिफलाई ओपनिङ पठाएको थियो ।

दोस्रो विकेटका लागि अर्यांश शर्मा र कप्तान वृत्यले ६४ रनको साझेदारी गरेका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमै नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । सन्दीपको १५ औं ओभरको अन्तिम बलमा शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे ।

सन्दीपले मध्यक्रमका ब्याटर रमिज शाहजादलाई १० रनमा एलबीडब्लू आउट गरेका थिए । तीव्र गतिका बलर गुलशन झाले कार्यवाहक कप्तान वृत्य अरविन्दलाई ४४ रनमा बोल्ड गर्दै युएईलाई २७.३ ओभरमा ९७-४ को अवस्थामा पुगेको थियो ।

वृत्य ७५ बलमा ४ चौका प्रहार गरे । नेपालले सातौं स्थानको लागि युएईसँग प्रतिस्पर्धा गरेको छ । नेपाल विजयी भएमा आयरल्यान्डसँग सातौं र पराजित भएमा अमेरिकासँग नवौं स्थानको लागि भिड्नेछ ।

February 27, 2024

पुछारका दुवै ब्याटरको सानदार शतक

एजेन्सी – भारतको शीर्ष श्रेणी क्रिकेट प्रतियोगिता रणजी ट्रफी अन्तर्गत मुम्बईबाट पुछारका दुई ब्याटरले शतक बनाएका छन् । नेपालले अर्को महिना मैत्रीपूर्ण सिरिज खेल्न लागेको बरोडाविरुद्ध दुर्लभ उपलब्धि हासिल गरेका हुन् । मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल अन्तर्गत बरोडाविरुद्ध खेलको पाँचौ दिन दशौं नम्बरमा ब्याटिङ गरेका तनुश कोटिया र एघारौं नम्बरमा आएका तुषार देशपाण्डेले शतक प्रहार […]

February 27, 2024

दुर्गेशको शतकमा भोटेचौरको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर दुर्गेश थापाको नटआउट शतकमा भोटेचौर स्पोर्ट्स क्लबले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । यस्तै दिनको अर्को खेलमा इन्द्रावती गाउँपालिकाले पनि पहिलो जित दर्ता गर्यो । मुलपानी क्रिकेट मैदानमा भोटेचौरले टस जितेर पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ब्याटिङको निम्तो दिएको थियो । हिमालयनले निर्धारित २० ओभर […]

February 27, 2024

नेपाल नामिबियासँग टि२०आईमा पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको छ । यसअघि लिग-२ अन्तर्गत दुवै ओडीआईमा हार बेहोरेको नेपाल नामिबियासँग लगातार तेस्रो खेलमा पराजित भएको हो । नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १८.५ ओभरमा अलआउट हुँदै १ सय […]

Success

Thank you for your time.