2 years ago
July 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाल आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईविरुद्ध महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रले ५५ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो अर्धशतक पूरा गरेका छन् । दीपेन्द्र ५५ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा छन् ।

एक समय ६३-६ को दयनीय अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि दीपेन्द्रले गुलशन झासँग ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गुलशन २४ बलमा १ चौकासहित १२ रनमा आउट भए ।
जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको छ । बाँकी १५ ओभरमा जितको लागि ४५ रन चाहिँदा हातमा तीन विकेट छ । सन्दीपले ८ रनमा साथ दिएका छन् ।
नेपालले दोस्रो ओभरको पहिलो बलमै ओपनर अर्जुन साउदलाई एक रनमा गुमाएको थियो । तीव्र गतिका बलर मोहम्मद जवादुल्लाहले अर्जुनलाई एक रनमा एलबीडब्लू आउट गरे । मार्चपछि पहिलो पटक टोलीमा मौका पाएका ज्ञानेन्द्र मल्ल १३ रनमा क्याच आउट भए ।
तीव्र गतिका बलर जुनैद सिद्दिकको बलमा ज्ञानेन्द्र टप एज लागेर बासिल हामिदबाट समातिन पुगेका थिए । ज्ञानेन्द्रले २२ बलमा २ चौका प्रहार गरे । कप्तान रोहित पौडेल पुन सर्ट बलको शिकार बने । रोहित जवादुल्लाहको सर्ट बलमा एज लागेर विकेटकिपर अर्यांश शर्माबाट रोहित ४ रनमा समातिन पुगेका थिए ।
जवादुल्लाहको बलमा भीम सार्की एज लागेर शर्माबाट १ रनमा क्याच आउट भए । सन्चित शर्माले आरिफ शेखलाई एक रनमा एलबीडब्लू आउट गरेका थिए । कुशल भुर्तेल अली नासिरको सर्ट बलमा सन्चित शर्माबाट क्याच आउट भएपछि नेपाल २०.५ ओभरमा ६३(६ को दयनीय अवस्थामा पुगेको थियो । कुशल भुर्तेल ५९ बलमा ४ चौकासहित ३५ रनमा आउट भए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]