default_image

1 year ago

July 4, 2023

आइपिएल ७ युवा स्टार समेट्दै इमर्जिङ टिम्स खेल्ने भारतको टोली घोषणा

233 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का ७ युवा स्टार खेलाडी समेट्दै भारतले दुई सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने टोली घोषणा गरेको छ । नेपालकै समूहमा रहेको भारतले आइपिएलमा सानदार प्रदर्शन गरेका साइ सुदर्शन, धु्रब जुरेल, शतकधारी प्रभशिम्रन सिंह लगायत ७ स्टार खेलाडी समेटेको छ ।

भारतलाई २०२२ मा यू१९ विश्वकप उपाधि दिलाएका यश धुललाई कप्तानी जिम्मेवारी दिएको छ । धुलले आइपिएल दिल्ली क्यापिटल्सबाट खेल्ने गर्दछन् । दिल्लीबाट घरेलु क्रिकेट खेल्ने उनले १५ प्रथम श्रेणी खेलमा ४ शतक र ४ अर्धशतकसहित कुल १ हजार ४ सय ४५ रन बनाएका छन् ।

त्यस्तै राजस्थान रोयल्सबाट आइपिएल खेल्दै आएका अर्का स्टार खेलाडी रियान पराग पनि टोलीमा छन् । परागले आसमबाट घरेलु क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । पराग फिनिसर तथा स्पिनर हुन् ।

यस सिजनको आइपिएलमा सानदार प्रदर्शन गरेका साई सुदर्शन पनि भारतको समूहमा छन् । सुदर्शनले आइपिएल फाइनलमा गुजरातबाट चेन्नईविरुद्ध ४७ बलमा ८ चौका र ६ छक्कासहित ९६ रनमा आउट भएका थिए । यस सिजनको आइपिएलमा सुदर्शनले ८ खेलमा ३ सय ६२ रन बनाएका थिए ।

भारत एबाट खेलि सकेका अभिषेक शर्मा उपकप्तान छन् । पहिला तीव्र गतिमा बलिङ गर्ने शर्मा चोटपछि स्पिन गर्ने गर्दछन् । हैदराबादबाट सुदर्शनले सानदार प्रदर्शन गर्दै आएका छन् । पन्जाब किंग्सबाट सानदार प्रदर्शन गरेका विकेटकिपर प्रभशिम्रन सिंह पनि भारत एमा छन् । सिंहले पन्जाबबाट दिल्लीविरुद्ध १ सय ३ रनको शतकीय इनिङ खेलेका थिए ।

राजस्थान रोयल्सका फिनिसर ध्रुब जुरेल र चेन्नई सुपर किंग्सका राजवर्धन हांंगरगेकर पनि टोलीमा छन् । इमर्जिङ टिम्स एसिया कप १३ जुलाई देखी २३ सम्म श्रीलंकामा हुनेछ । समूह बी मा मा भारत, नेपाल, पाकिस्तान र युएई छन् । समूह बी मा ओमान, श्रीलंका, अफगानिस्तान र बंगलोदश ए छन् ।

भारत ए को टोली :

साई सुदर्शन, अभिषेक शर्मा (कप्तान), निकिन जोन्स, प्रदोश रञ्जन पल, यश धुल (कप्तान), रियान पराग, निशान्त सिन्धु, प्रभशिम्रन सिंह (विकेटकिपर), ध्रुव जुरेल, मानव सुथार, युवराजसिंह दोदिया, हर्षित राना, आकाश सिंह, नितेश कुमार रेड्डी, राजवर्धन हांगगेकार ।

यो पनि : इमर्जिङ कप खेल्ने पाकिस्तानको टोलीमा ८ सिनियर खेलाडी

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.