default_image

1 year ago

July 5, 2023

नेपालको खेलपछि बालबर्नीले दिए कप्तानबाट राजीनामा

344 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि कप्तान एन्ड्रयू बालबर्नीले राजीनामा दिएका छन् । बालबर्नीले नेपालसँगको खेलपछि सिमित ओभरको क्रिकेटबाट कप्तानी छाड्ने निर्णय लिएका छन् । आयरल्यान्ड १० टोली सहभागी प्रतियोगितामा सातौं स्थानमा रहँदै बाहिरिएको थियो ।

समूह बी मा आयरल्यान्ड ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित हुँदै सुपर सिक्समा पुग्न सकेको थिएन । आयरल्यान्डले युएईलाई ३८ रन, प्लेअफमा अमेरिकालाई ६ विकेट र नेपाललाई सातौं स्थानको लागि भएको खेलमा २ विकेटले पराजित गरेको थिया । विश्वकपको दाबेदार आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि उनले नेपालसँगको खेलपछि नैतिकताको आधारमा कप्तानबाट राजीनामा दिएका हुन् ।

आयरल्यान्डले ओपनर पल स्टरलिङलाई तत्कालको लागि कप्तानी नियुक्त गरेको जनाएकोछ । २०१९ मा आयरल्यान्डको कप्तान बनेका उनले टि२० आई, ओडिआई र टेस्टमा गरि ८९ खेलमा कप्तानी गरेका छन् । टेस्टमा भने उनी कप्तानमा निरन्तरता हुनेछन् ।

नेपालपछिको खेलपछि प्रेस कन्फ्रेन्समा बोल्दै बालबर्नीले भने, ‘मैले धेरै सोच र बिचार गरेपछि टि२० आई र ओडिआईको कप्तानीबाट राजीनामा दिन चाहन्छु । आयरल्यान्डको कप्तानी गर्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो । सबै खेलाडी, प्रशिक्षक, क्रिकेट आयरल्यान्ड र समर्थकबाट पाएको सबै समर्थनबाट आभारी छु ।’

‘मैले सोचे कप्तानी छाड्ने यो सहि समय हो । तर धेरै महत्वपूर्ण टिम हो । मैले मेरो उत्कृष्ट दिन निरन्तर प्रयास गर्नेछु । आशा गरौं आगमी दिनमा धेरै समफताहरु मिल्नेछन् । सबैलाई धन्यावाद’, उनले भावुक हुँदै भने ।

आयरल्यान्डका मुख्य प्रशिक्षक हेनरिक मलानले बालबर्नीको निर्णयलाई सम्मान गर्नुपर्ने बताए । बालबर्नीको कप्तानीमा आयरल्यान्डले ३७ ओडिआई खेलमा ८ मा जित, २५ मा हार र ४ खेल नतिजा विहीन हुन पुगेका छन् । टि२० आईमा उनले ५२ खेलमा कप्तानी गर्दा १९ मा जित र ३१ मा हार व्यहोरेका छन् । आयरल्यान्डका सर्वाधिक सफल ब्याटर स्टरलिङले टि२० आईमा ९ र ओडिआईमा ४ खेलमा कप्तानी गरेका छन् ।

आगमी सेप्टम्बरसँग आयरल्यान्डको कप्तानी पल स्टरर्लिङले गर्नेछन् । आयरल्यान्डले अव युरोप क्षेत्र टि२० विश्वकप छनोट खेल्नेछ । युरोप क्षेत्र टि२० विश्वकप छनोटमा अष्ट्रिया, डेनमार्क, जमर्नी, आयरल्यान्ड, इटाली, जर्सी र स्कटल्यान्ड छन् । युरोप क्षेत्र छनोट २० दखी २८ जुलाई सम्म स्कटल्यान्डमा हुनेछ । शीर्ष दुई टोली २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्नपाउनेछन् ।

त्यसपछि अगष्ट सेप्टेम्बरमा भारतले आयरल्यान्डको घरेलु मैदानमा तीन टि२० आई खेलको सिरिज खेल्नेछ । इंग्ल्यान्डले सेप्टेम्बरमै आयरल्यान्डसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.