2 years ago
July 5, 2023
एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि कप्तान एन्ड्रयू बालबर्नीले राजीनामा दिएका छन् । बालबर्नीले नेपालसँगको खेलपछि सिमित ओभरको क्रिकेटबाट कप्तानी छाड्ने निर्णय लिएका छन् । आयरल्यान्ड १० टोली सहभागी प्रतियोगितामा सातौं स्थानमा रहँदै बाहिरिएको थियो ।

समूह बी मा आयरल्यान्ड ओमानसँग ५ विकेट, स्कटल्यान्डसँग एक विकेट र श्रीलंकासँग १ सय ३३ रनले पराजित हुँदै सुपर सिक्समा पुग्न सकेको थिएन । आयरल्यान्डले युएईलाई ३८ रन, प्लेअफमा अमेरिकालाई ६ विकेट र नेपाललाई सातौं स्थानको लागि भएको खेलमा २ विकेटले पराजित गरेको थिया । विश्वकपको दाबेदार आयरल्यान्ड सुपर सिक्समै पुग्न नसकेपछि उनले नेपालसँगको खेलपछि नैतिकताको आधारमा कप्तानबाट राजीनामा दिएका हुन् ।
आयरल्यान्डले ओपनर पल स्टरलिङलाई तत्कालको लागि कप्तानी नियुक्त गरेको जनाएकोछ । २०१९ मा आयरल्यान्डको कप्तान बनेका उनले टि२० आई, ओडिआई र टेस्टमा गरि ८९ खेलमा कप्तानी गरेका छन् । टेस्टमा भने उनी कप्तानमा निरन्तरता हुनेछन् ।
नेपालपछिको खेलपछि प्रेस कन्फ्रेन्समा बोल्दै बालबर्नीले भने, ‘मैले धेरै सोच र बिचार गरेपछि टि२० आई र ओडिआईको कप्तानीबाट राजीनामा दिन चाहन्छु । आयरल्यान्डको कप्तानी गर्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो । सबै खेलाडी, प्रशिक्षक, क्रिकेट आयरल्यान्ड र समर्थकबाट पाएको सबै समर्थनबाट आभारी छु ।’

‘मैले सोचे कप्तानी छाड्ने यो सहि समय हो । तर धेरै महत्वपूर्ण टिम हो । मैले मेरो उत्कृष्ट दिन निरन्तर प्रयास गर्नेछु । आशा गरौं आगमी दिनमा धेरै समफताहरु मिल्नेछन् । सबैलाई धन्यावाद’, उनले भावुक हुँदै भने ।
आयरल्यान्डका मुख्य प्रशिक्षक हेनरिक मलानले बालबर्नीको निर्णयलाई सम्मान गर्नुपर्ने बताए । बालबर्नीको कप्तानीमा आयरल्यान्डले ३७ ओडिआई खेलमा ८ मा जित, २५ मा हार र ४ खेल नतिजा विहीन हुन पुगेका छन् । टि२० आईमा उनले ५२ खेलमा कप्तानी गर्दा १९ मा जित र ३१ मा हार व्यहोरेका छन् । आयरल्यान्डका सर्वाधिक सफल ब्याटर स्टरलिङले टि२० आईमा ९ र ओडिआईमा ४ खेलमा कप्तानी गरेका छन् ।
आगमी सेप्टम्बरसँग आयरल्यान्डको कप्तानी पल स्टरर्लिङले गर्नेछन् । आयरल्यान्डले अव युरोप क्षेत्र टि२० विश्वकप छनोट खेल्नेछ । युरोप क्षेत्र टि२० विश्वकप छनोटमा अष्ट्रिया, डेनमार्क, जमर्नी, आयरल्यान्ड, इटाली, जर्सी र स्कटल्यान्ड छन् । युरोप क्षेत्र छनोट २० दखी २८ जुलाई सम्म स्कटल्यान्डमा हुनेछ । शीर्ष दुई टोली २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्नपाउनेछन् ।
त्यसपछि अगष्ट सेप्टेम्बरमा भारतले आयरल्यान्डको घरेलु मैदानमा तीन टि२० आई खेलको सिरिज खेल्नेछ । इंग्ल्यान्डले सेप्टेम्बरमै आयरल्यान्डसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]