2 years ago
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वकप्तान पारस खड्कापछि विदेशी भूमिका चार वर्षदेखी नेपालको ओडिआई शतकको खडेरी लागेको छ । पारस नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् ।

उनले २०१९ जनवरी २८ मा आइसिसी एकेडेमी दुबईमा युएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेल्दै इतिहास रचेका थिए । पारसपछि पाँच नेपाली खेलाडीले ओडिआईमा शतक हानेका छन् । तर तीन सबै घरेलु मैदान टियुमा छन् ।
टियुमा नेपालका कप्तान रोहित पौडेल, ओपनर कुशल भुर्तेल, आसिफ शेख, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले शतक हानेका छन् । कुशल भुर्तेलले दुई साता अघि आइसिसी विश्वकप छनोटमा जिम्बावेविरुद्ध विदेशी भूमिमा शतक बनाउने दोस्रो ब्याटर बन्ने अवसर गुमाएका थिए ।
कुशल स्पिनर वेलिंग्टन मसाकाड्जाको योर्कर बल चाल नपाउँदा ९९ रनमा बोल्ड आउट भएपछि उक्त अवसर गुमाएका थिए । आसिफ शेख २०२१ मा लिग-२ मा ओमानविरुद्ध अल अमरेतमा ९० रनमा आउट भएका थिए ।

त्यस्तै आसिफले गत मार्चमा दुबई इन्टरनेशल मैदानमा पपुवा न्युगिनीविरुद्ध ८६ रन र कुशल भुर्तेलले २०२१ मा अमेरिकाविरुद्ध अल अमरेतमा ८४ रन बनाएका थिए । अन्य कुनैपनि नेपाली ब्याटरले टियु बाहिर गएर ८० रन भन्दा माथिको इनिङ खेल्न सकेका छैनन् ।
त्यसैले चार वर्षदेखी ओडिआईमा विदेशी भूमिमा नेपाली ब्याटरबाट शतकको खडेरी लागेको छ । रोहित पौडेलले २०२२ मार्च २५ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।
उक्त इनिङ कुनैपनि नेपाली ब्याटरले अन्तर्राष्ट्रिय स्तरमा हानेको ठूलो स्कोर हो । २०२२ मार्च २६ मा दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध १ सय ४० बलमा १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

कुशल भुर्तेलले २०२३ फेब्रुअरीमा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध १ सय १३ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
उनको शतकको सहयोगमा नेपालले आफ्नो ओडिआई इतिहासकै उच्च योगफल २ सय ८६ रन पूरा गरेको थियो । त्यसअघि ओडिआईमा उच्च योगफल पूरा पारसको शतकमा युएईविरुद्ध २ सय ५५ रन थियो ।

आइसिसी लिग-२ मा पपुवा न्युगिनीविरुद्ध नै टियु मैदानमा आसिफ शेखले १ सय १० रनको शतकीय इनङ खेलेका थिए । त्यस्तै कुशल मल्लले २०२३ अप्रिलमा ओमानविरुद्ध ६४ बलमा १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।
उक्तक्रममा कुशलले ५९ बलमै शतक हानेका थिए । कुनैपनि नेपाली ब्याटरले ओडिआईमा हानेका सर्वाधिक छिटो शतक हो । त्यसअघि रोहित पौडेलले ९१ बलमा शतक हानेका थिए ।

नेपालबाट पारस खड्काले ९७, रोहित पौडेलले ९१, दीपेन्द्रसिंह ऐरी १ सय ३६, कुशल मल्ल ५९, कुशल भुर्तेल ९९ र आसिफ शेखले १ सय १ बलमा ओडिआई शतक पूरा गरेका थिए ।
टि२० आईमा भने २०२२ फेब्रुअरीमा आइसिसी विश्वकप छनोट ए मा कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध ६१ बलमा १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । पारस खड्काले २०१९ मा घरेलु टोली सिंगापुरविरुद्ध शतक हानेका थिए ।

पारस टि२० आईमा शतक हान्ने पनि पहिलो नेपाली ब्याटर हुन् । ज्ञानेन्द्र मल्लले २०१९ भुटानविरुद्ध र दीपेन्द्रले मलेसियाविरुद्ध टियु मैदानमा टि२० आईमा शतक हानेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]