2 years ago
July 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पूर्वकप्तान पारस खड्कापछि विदेशी भूमिका चार वर्षदेखी नेपालको ओडिआई शतकको खडेरी लागेको छ । पारस नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् ।

उनले २०१९ जनवरी २८ मा आइसिसी एकेडेमी दुबईमा युएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेल्दै इतिहास रचेका थिए । पारसपछि पाँच नेपाली खेलाडीले ओडिआईमा शतक हानेका छन् । तर तीन सबै घरेलु मैदान टियुमा छन् ।
टियुमा नेपालका कप्तान रोहित पौडेल, ओपनर कुशल भुर्तेल, आसिफ शेख, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले शतक हानेका छन् । कुशल भुर्तेलले दुई साता अघि आइसिसी विश्वकप छनोटमा जिम्बावेविरुद्ध विदेशी भूमिमा शतक बनाउने दोस्रो ब्याटर बन्ने अवसर गुमाएका थिए ।
कुशल स्पिनर वेलिंग्टन मसाकाड्जाको योर्कर बल चाल नपाउँदा ९९ रनमा बोल्ड आउट भएपछि उक्त अवसर गुमाएका थिए । आसिफ शेख २०२१ मा लिग-२ मा ओमानविरुद्ध अल अमरेतमा ९० रनमा आउट भएका थिए ।

त्यस्तै आसिफले गत मार्चमा दुबई इन्टरनेशल मैदानमा पपुवा न्युगिनीविरुद्ध ८६ रन र कुशल भुर्तेलले २०२१ मा अमेरिकाविरुद्ध अल अमरेतमा ८४ रन बनाएका थिए । अन्य कुनैपनि नेपाली ब्याटरले टियु बाहिर गएर ८० रन भन्दा माथिको इनिङ खेल्न सकेका छैनन् ।
त्यसैले चार वर्षदेखी ओडिआईमा विदेशी भूमिमा नेपाली ब्याटरबाट शतकको खडेरी लागेको छ । रोहित पौडेलले २०२२ मार्च २५ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा १ सय ७ बलमा ७ चौका र ४ छक्कासहित १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।
उक्त इनिङ कुनैपनि नेपाली ब्याटरले अन्तर्राष्ट्रिय स्तरमा हानेको ठूलो स्कोर हो । २०२२ मार्च २६ मा दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीविरुद्ध १ सय ४० बलमा १ सय ५ रनको शतकीय इनिङ खेलेका थिए ।

कुशल भुर्तेलले २०२३ फेब्रुअरीमा आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध १ सय १३ बलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।
उनको शतकको सहयोगमा नेपालले आफ्नो ओडिआई इतिहासकै उच्च योगफल २ सय ८६ रन पूरा गरेको थियो । त्यसअघि ओडिआईमा उच्च योगफल पूरा पारसको शतकमा युएईविरुद्ध २ सय ५५ रन थियो ।

आइसिसी लिग-२ मा पपुवा न्युगिनीविरुद्ध नै टियु मैदानमा आसिफ शेखले १ सय १० रनको शतकीय इनङ खेलेका थिए । त्यस्तै कुशल मल्लले २०२३ अप्रिलमा ओमानविरुद्ध ६४ बलमा १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।
उक्तक्रममा कुशलले ५९ बलमै शतक हानेका थिए । कुनैपनि नेपाली ब्याटरले ओडिआईमा हानेका सर्वाधिक छिटो शतक हो । त्यसअघि रोहित पौडेलले ९१ बलमा शतक हानेका थिए ।

नेपालबाट पारस खड्काले ९७, रोहित पौडेलले ९१, दीपेन्द्रसिंह ऐरी १ सय ३६, कुशल मल्ल ५९, कुशल भुर्तेल ९९ र आसिफ शेखले १ सय १ बलमा ओडिआई शतक पूरा गरेका थिए ।
टि२० आईमा भने २०२२ फेब्रुअरीमा आइसिसी विश्वकप छनोट ए मा कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध ६१ बलमा १ सय ४ रनको शतकीय इनिङ खेलेका थिए । पारस खड्काले २०१९ मा घरेलु टोली सिंगापुरविरुद्ध शतक हानेका थिए ।

पारस टि२० आईमा शतक हान्ने पनि पहिलो नेपाली ब्याटर हुन् । ज्ञानेन्द्र मल्लले २०१९ भुटानविरुद्ध र दीपेन्द्रले मलेसियाविरुद्ध टियु मैदानमा टि२० आईमा शतक हानेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]