2 years ago
July 6, 2023
एजेन्सी – नामिबियाका स्टार अलराउन्डर जेजे स्मितले ७ महिनापछि टोलीमा पूनरागमन गरेका छन् । घुँडामा चोटका कारण गत डिसेम्बरमा नेपालसँगको खेलपछि उनी टोली बाहिर भएका थिए ।

स्मितले बुधबार पहिलो टि२० आई खेलमा युगान्डाविरुद्ध खेलबाट सुरुवात गरेका हुन् । टोलीका स्टार अलराउन्डर स्मित नहुँदा नामिबियाले आइसिसी विश्वकप लिग २ मा नेपाल भ्रमणमा खराब प्रदर्शन गर्दै सोझै विश्वकप छनोटको अवसर गुमाएको थियो ।
गत वर्ष टि२० विश्वकपमा नामिबियाले श्रीलंकालाई हराउँदा स्मिथले ३१ रन बनाउनुको साथै एक विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । स्मिथ एसोसिएट क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरको रुपमा चिनिन्छन् ।
गत फेब्रुअरीमा नामिबिया नेपालसँग तीन र दुई विकेटले पराजित भएको थियो । पहिलो खेलमा २ सय ८५ र दोस्रो खेलमा २ सय ७४ रन बनाएपनि पराजित हुन पुगेको थियो ।
घरेलु मैदानमा भएको प्लेअफ क्वालिफायरमा नामिबिया शीर्ष दुईमा पर्न नसकेपछि विश्वकप छनोटको अवसर गुमाएको थियो । उनको आगमनले नामिबियाको तल्लोक्रम ब्याटिङ र तीव्र गतिको बलिङ उत्कृष्ट बन्नेछ । नामिबियाले युगान्डासँग चार टि२० आई र दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
आइसिसी विश्वकप लिग २ मा पछिल्ला ६ मध्य ५ खेलमा पराजित भएपछि नामिबियाले विश्वकप छनोटको अवसर गुमाएको थियो । नामिबिया विश्वकप छनोटमा पुग्न नसकेपनि टोलीलाई ब्यस्त राख्न अन्तर्राष्ट्रिय अभ्यास खेल खेल्दै आएको छ । यसअघि नामिबियाले भारतीय रणजी ट्रफी कर्नाटकसँग पाँच अभ्यास खेलको सिरिज खेलेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]