default_image

1 year ago

July 6, 2023

नामिबियाको टोलीमा स्टार अलराउन्डरको पूनरागमन

298 views

0 Bookmark

एजेन्सी – नामिबियाका स्टार अलराउन्डर जेजे स्मितले ७ महिनापछि टोलीमा पूनरागमन गरेका छन् । घुँडामा चोटका कारण गत डिसेम्बरमा नेपालसँगको खेलपछि उनी टोली बाहिर भएका थिए ।

स्मितले बुधबार पहिलो टि२० आई खेलमा युगान्डाविरुद्ध खेलबाट सुरुवात गरेका हुन् । टोलीका स्टार अलराउन्डर स्मित नहुँदा नामिबियाले आइसिसी विश्वकप लिग २ मा नेपाल भ्रमणमा खराब प्रदर्शन गर्दै सोझै विश्वकप छनोटको अवसर गुमाएको थियो ।

गत वर्ष टि२० विश्वकपमा नामिबियाले श्रीलंकालाई हराउँदा स्मिथले ३१ रन बनाउनुको साथै एक विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । स्मिथ एसोसिएट क्रिकेटकै एक उत्कृष्ट अलराउन्डरको रुपमा चिनिन्छन् ।

गत फेब्रुअरीमा नामिबिया नेपालसँग तीन र दुई विकेटले पराजित भएको थियो । पहिलो खेलमा २ सय ८५ र दोस्रो खेलमा २ सय ७४ रन बनाएपनि पराजित हुन पुगेको थियो ।

घरेलु मैदानमा भएको प्लेअफ क्वालिफायरमा नामिबिया शीर्ष दुईमा पर्न नसकेपछि विश्वकप छनोटको अवसर गुमाएको थियो । उनको आगमनले नामिबियाको तल्लोक्रम ब्याटिङ र तीव्र गतिको बलिङ उत्कृष्ट बन्नेछ । नामिबियाले युगान्डासँग चार टि२० आई र दुई एकदिवसीय अभ्यास खेल खेल्नेछ ।

आइसिसी विश्वकप लिग २ मा पछिल्ला ६ मध्य ५ खेलमा पराजित भएपछि नामिबियाले विश्वकप छनोटको अवसर गुमाएको थियो । नामिबिया विश्वकप छनोटमा पुग्न नसकेपनि टोलीलाई ब्यस्त राख्न अन्तर्राष्ट्रिय अभ्यास खेल खेल्दै आएको छ । यसअघि नामिबियाले भारतीय रणजी ट्रफी कर्नाटकसँग पाँच अभ्यास खेलको सिरिज खेलेको थियो ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.