default_image

1 year ago

July 7, 2023

‘टेस्ट टोलीसँग खेल्न पाए हामी चार वर्षपछि विश्वकप खेल्न सक्छौं’– रोहित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट टोलीहरुसँग खेल्न पाए आगमी चार वर्षपछि नेपालले विश्वकप खेल्न सक्ने बताएका छन् । आइसिसी विश्वकप छनोट खेलेर फर्किएपछि कप्तान रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘सोचे जस्तो नतिजा आएन । त्यहाँबाट धेरै कुरा सिक्न पायौं । विशेषगरि पूर्ण टोलीविरुद्ध खेल्न र प्रतिस्पर्धा गर्न पाउँदा । त्यो प्रतिस्पर्धानै एकदमै राम्रो थियो । अरु टोली जस्तो सजिलो हुँदैन । टेस्ट टोलीलाई जित्न सबै क्षेत्रमा राम्रो गर्नुपर्छ । हरेक खेलमा एक दुई कुरामा गल्ती गरेका थियौं । आउने खेलहरु विशेषगरि इमर्जिङ टिम्स एसिया कपमा हामी त्यो कुरालाई सुधार गछौं’, जिम्बावेबाट फर्केपछि कप्तान रोहितले भने ।

नेपालले विश्वकप छनोटमा टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र वेस्टइन्डिजसँग खेलेको थियो । नेपालले पहिलो पटक ओडिआईमा टेस्ट टोलीसँग खेलेको थियो । रोहित पहिला उनीहरुको बलरले कस्तो बल गर्छन् भनेर उत्साह रहेको बताए ।

‘सुरुमा सबै खेलाडीको उत्साहित थियो । वेस्टइन्डिज र जिम्बावेका बलरहरुले कस्तो बल गर्छन् भनेर । त्यो खेल्दा त्यस्तै फरक केहि पनि थिएन । क्षमताको त्यस्तो कुनै फरक थिए । उनीहरु हामी भन्दा बढी अनुभवी थिए । तिनीहरुले राम्रो गरे । स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकदमै राम्रो क्रिकेट खेल्यो’, उनले भने । त्यसैमा रोहितले थपे, ‘हामी पनि त्यो स्तरमा छौं । टेस्ट टोलीहरुसँग निरन्तर खेल्न पाएमा हामीपनि उनीहरुलाई हराउन सक्छौं ।’

रोहित अरु भन्दा पनि आयरल्यान्डसँगको खेल लगभग जिति सकेको अवस्थाबाट हारेको बताए । ‘मलाई लाग्छ अरु खेल भन्दा पनि आयरल्यान्डसँगको खेल आई सकेको थियो । महत्वपूर्ण समयमा क्याचहरु लिएको भए । आउने दिनमा त्यो सिकेर टेस्ट टोलीहरुसँग खेल्दा राम्रो हुन्छ’, उनले भने ।

नेपालले प्रतियोगिताभर फिल्डिङमा त्यति राम्रो गर्न सकेन । वेस्टइन्डिज र आयरल्यान्डसँगको हारको एक कारण कमजोर फिल्डिङ थियो । ‘दबाब भन्दा पनि एकदमै उत्साहित भएर पनि हुनसक्छ । समग्रमा अन्तिम खेलमा राम्रो गरेका थियौं । आगमी दिनमा त्यसको तयारी गर्नेछौं’, रोहितले भने ।

नेपालले २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा पनि रोहित टोलीमा थिए । रोहित यस पटक धेरै आत्माविश्वासी भएको बताउँछन् । ‘म यो पटक धेरै आत्माविश्वासी थिए । मैले आफ्नो प्रदर्शन जुन हिसाबमा गरेको थिए, म आफैंदेखी सन्तुष्ट छैन । जुन हिसाबले मैले गर्नुपर्ने थियो गरेन । तर टिमको हिसाबमा हामीले धेरै राम्रो गरेका छौं’, उनले भने ।

नेपाललाई पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए । रोहित त्यो समय निकै नरमाइलो लागेको बताए । ‘कुशल ९९ रनमा आउट हुँदा एकदमै नराम्रो अनुभव भयो । सबैले शतक बनाउछ र ताली बजाउछन् भन्ने सोचेका थिए । त्यो योर्कर फ्याँलेपछि केहि सोच्न पाएनौं’, रोहितले भने ।

नेदरल्यान्ड्स विश्वकपमा पुगेपछि आफूहरुलाई पनि आशा लागेको उनी बताउँछन् । ‘नेदरल्यान्ड्स विश्वकपमा पुगेपछि एकदमै उर्जा थपिएको छ । हामी स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैलाई हराउँछौं । उनीहरुले क्वालिफायर गर्दा हामीलाई पनि के आशा आयो भने अर्को पटक जादा राम्रो तयारी गरेर जान्छौं । क्रिकेटमा जे पनि हुनसक्छ । अर्को पटक राम्रो हुन्छ होला’, रोहितले भने ।

त्यसैमा थपे, ‘मलाई लाग्छ अवको चार वर्ष एकदमै राम्रो हुन्छ । नेदरल्यान्ड्स देखी सबै टोलीहरुसँग छ । तिनीहरुसँग खेल्दा खेल्दै टेस्ट टोलीहरुसँग खेल्न पायौं भने झन राम्रो एक्सपोजर पनि हुन्छ । आगमी चार वर्षपछि हामी एकदमै पूर्ण हुन्छौं र त्यहाँ गएर छनोट पनि हुन सक्छौं’, रोहितले भने ।

नेपालले एक सातापछि श्रीलंकामा गएर एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । क्यानडा टि२० लिगको कारण सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी इमर्जिङ टिम्स एसिया कपमा नहुने रोहितले बताएका छन् ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.