2 years ago
July 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट टोलीहरुसँग खेल्न पाए आगमी चार वर्षपछि नेपालले विश्वकप खेल्न सक्ने बताएका छन् । आइसिसी विश्वकप छनोट खेलेर फर्किएपछि कप्तान रोहितले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘सोचे जस्तो नतिजा आएन । त्यहाँबाट धेरै कुरा सिक्न पायौं । विशेषगरि पूर्ण टोलीविरुद्ध खेल्न र प्रतिस्पर्धा गर्न पाउँदा । त्यो प्रतिस्पर्धानै एकदमै राम्रो थियो । अरु टोली जस्तो सजिलो हुँदैन । टेस्ट टोलीलाई जित्न सबै क्षेत्रमा राम्रो गर्नुपर्छ । हरेक खेलमा एक दुई कुरामा गल्ती गरेका थियौं । आउने खेलहरु विशेषगरि इमर्जिङ टिम्स एसिया कपमा हामी त्यो कुरालाई सुधार गछौं’, जिम्बावेबाट फर्केपछि कप्तान रोहितले भने ।
नेपालले विश्वकप छनोटमा टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र वेस्टइन्डिजसँग खेलेको थियो । नेपालले पहिलो पटक ओडिआईमा टेस्ट टोलीसँग खेलेको थियो । रोहित पहिला उनीहरुको बलरले कस्तो बल गर्छन् भनेर उत्साह रहेको बताए ।
‘सुरुमा सबै खेलाडीको उत्साहित थियो । वेस्टइन्डिज र जिम्बावेका बलरहरुले कस्तो बल गर्छन् भनेर । त्यो खेल्दा त्यस्तै फरक केहि पनि थिएन । क्षमताको त्यस्तो कुनै फरक थिए । उनीहरु हामी भन्दा बढी अनुभवी थिए । तिनीहरुले राम्रो गरे । स्कटल्यान्ड र नेदरल्यान्ड्सले एकदमै राम्रो क्रिकेट खेल्यो’, उनले भने । त्यसैमा रोहितले थपे, ‘हामी पनि त्यो स्तरमा छौं । टेस्ट टोलीहरुसँग निरन्तर खेल्न पाएमा हामीपनि उनीहरुलाई हराउन सक्छौं ।’
रोहित अरु भन्दा पनि आयरल्यान्डसँगको खेल लगभग जिति सकेको अवस्थाबाट हारेको बताए । ‘मलाई लाग्छ अरु खेल भन्दा पनि आयरल्यान्डसँगको खेल आई सकेको थियो । महत्वपूर्ण समयमा क्याचहरु लिएको भए । आउने दिनमा त्यो सिकेर टेस्ट टोलीहरुसँग खेल्दा राम्रो हुन्छ’, उनले भने ।

नेपालले प्रतियोगिताभर फिल्डिङमा त्यति राम्रो गर्न सकेन । वेस्टइन्डिज र आयरल्यान्डसँगको हारको एक कारण कमजोर फिल्डिङ थियो । ‘दबाब भन्दा पनि एकदमै उत्साहित भएर पनि हुनसक्छ । समग्रमा अन्तिम खेलमा राम्रो गरेका थियौं । आगमी दिनमा त्यसको तयारी गर्नेछौं’, रोहितले भने ।
नेपालले २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोटमा पनि रोहित टोलीमा थिए । रोहित यस पटक धेरै आत्माविश्वासी भएको बताउँछन् । ‘म यो पटक धेरै आत्माविश्वासी थिए । मैले आफ्नो प्रदर्शन जुन हिसाबमा गरेको थिए, म आफैंदेखी सन्तुष्ट छैन । जुन हिसाबले मैले गर्नुपर्ने थियो गरेन । तर टिमको हिसाबमा हामीले धेरै राम्रो गरेका छौं’, उनले भने ।
नेपाललाई पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए । रोहित त्यो समय निकै नरमाइलो लागेको बताए । ‘कुशल ९९ रनमा आउट हुँदा एकदमै नराम्रो अनुभव भयो । सबैले शतक बनाउछ र ताली बजाउछन् भन्ने सोचेका थिए । त्यो योर्कर फ्याँलेपछि केहि सोच्न पाएनौं’, रोहितले भने ।

नेदरल्यान्ड्स विश्वकपमा पुगेपछि आफूहरुलाई पनि आशा लागेको उनी बताउँछन् । ‘नेदरल्यान्ड्स विश्वकपमा पुगेपछि एकदमै उर्जा थपिएको छ । हामी स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैलाई हराउँछौं । उनीहरुले क्वालिफायर गर्दा हामीलाई पनि के आशा आयो भने अर्को पटक जादा राम्रो तयारी गरेर जान्छौं । क्रिकेटमा जे पनि हुनसक्छ । अर्को पटक राम्रो हुन्छ होला’, रोहितले भने ।
त्यसैमा थपे, ‘मलाई लाग्छ अवको चार वर्ष एकदमै राम्रो हुन्छ । नेदरल्यान्ड्स देखी सबै टोलीहरुसँग छ । तिनीहरुसँग खेल्दा खेल्दै टेस्ट टोलीहरुसँग खेल्न पायौं भने झन राम्रो एक्सपोजर पनि हुन्छ । आगमी चार वर्षपछि हामी एकदमै पूर्ण हुन्छौं र त्यहाँ गएर छनोट पनि हुन सक्छौं’, रोहितले भने ।
नेपालले एक सातापछि श्रीलंकामा गएर एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । क्यानडा टि२० लिगको कारण सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी इमर्जिङ टिम्स एसिया कपमा नहुने रोहितले बताएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]