default_image

1 year ago

July 7, 2023

यस्तो छ नेपाल र नेदरल्यान्ड्सको इतिहास

237 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्सले आगमी अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएको छ । सुपर सिक्समा नेदरल्यान्ड्सले नेटरनरेटको कारण जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै अविश्वसनीय रुपमा विश्वकपमा स्थान बनाएको हो ।

१० टोली सहभागी विश्वकप छनोटबाट श्रीलंका र नेदरल्यान्ड्स विश्वकपमा पुगेका हुन् । नेदरल्यान्ड्स विश्वकपमा पुग्दा तीन टेस्ट टोली जिम्बावे, आयरल्यान्ड र वेस्टइन्डिज छनोटबाटै बाहिरिनु पर्यो । नेदरल्यान्ड्सले समूह चरणमा नेपाललाई हराउँदै अघि बढेको थियो ।

पहिलो खेलमा नेदरल्यान्ड्सले जिम्बावेसँग ६ विकेटको हार व्यहोरेको थियो । उत्कृष्ट ब्याटिङ गर्दै ३ सय १५ रन बनाएपनि जिम्बावेले ४०.५ ओभरमै पूरा गरेको थियो । दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले हराएको थियो ।

तेस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई ७ विकेटले हराएको थियो । १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमै पूरा गरेको थियो । लोगन भान बिक र अन्य नेदरल्यान्ड्सका बलरको सर्ट बल सामु नेपाली ब्याटर निरिह जस्तै बनेका थिए ।

नेदरल्यान्ड्सले वेस्टइन्डिजले प्रस्तुत गरेको ३ सय ७५ रनको लक्ष्य पछ्याउनेक्रममा ५० ओभरमा ९ विकेट गुमाउँदै टाई गराएको थियो । सुपर ओभरमा बिकले ३० रन प्रहार गर्नुको साथै मात्रै ८ रन खर्चेर २ विकेट लिँदै जित दिलाएका थिए । त्यसैको कारण नेदरल्यान्ड्सले सुपर सिक्समा २ अंक पाएको थियो ।

श्रीलंकालाई २ सय १३ रनमा अल आउट गरेपनि उक्त विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ९२ रन मात्रै बनाउन सकेको थियो । तर ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ र स्कटल्यान्डलाई ४ विकेटले हराउँदै विश्वकप खेलेको थियो । उता स्कटल्यान्डले जिम्बाबेलाई हराएपछि नेदरल्यान्ड्सको विश्वकप बाटो खुलेको थियो ।

यस्तो छ नेपाल र नेदरल्यान्ड्सबीचको इतिहास

नेपाल र नेदरल्यान्ड्सबीच तीन ओडिआई खेल भएको छ । नेदरल्यान्ड्स २ र नेपाल १ खेलमा विजयी भएका छन् । नेपालले आफ्नो क्रिकेट इतिहासकै ओडिआई डेब्यू २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध गरेको थियो ।

नेपालले सानदार बलिङका साथ नेदरल्यान्ड्सलाई १ सय ८९ रनमै अल आउट गरेको थियो । तर नेपालको ब्याटिङ नचल्दा ऐतिहासिक डेब्यू खेलमा ५५ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक रनले हराउँदै ऐतिहासिक जित निकालेको थियो ।

नेपाले पहिला ब्याटिङ गर्दै २ सय १६ रन बनाउँदा नेदरल्यान्ड्स २ सय १५ रनमा अल आउट भएको थियो । अन्तिम बलमा जितको लागि दुई रन चाहिँदा पारस खड्काले रन आउट गर्दै ऐतिहासिक जित दिलाएका थिए ।

त्यसपछि नेदरल्यान्ड्सले सुपर लिग खेल्दा नेपालले विश्वकप लिग २ खेल्यो । सुपर लिगमा १२ टेस्ट टोलीसँगै नेदरल्यान्ड्स थियो । लिग–२ मा ७ ओडिआई मान्यता पाएका एसोसिएट टोली थिए ।

नेपालसँग ९६ रनमै अल आउट

नेपाल र नेदरल्यान्ड्सबीच ९ टि२० आई खेल भएकोछ । जसमा समान ४ खेलमा जित र हार छ । नेदरल्यान्ड्स २०२१ मा त्रिकोणात्मक टि२० आई सिरिज खेल्न नेपाल आएको थियो । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । जितको लागि १ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालका कुशल भुर्तेलले ६२ र आसिफ शेखले ५४ डेब्यू इनिङ खेलेका थिए । नेपाल दोस्रो खेलमा भने नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको थियो । कुशल भुर्तेल ६२ र दीपेन्द्रले ६० रन बनाएपछि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो ।

उक्त लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपाललाई हराउन बास डि लिडे नै हिरो बनेका थिए । लिडेले ४२ बलमा ७ चौका र ५ छक्कासहित ८१ रनको सानदार इनिङ खेलेपछि तीन विकेटको जित हात पारेको थियो ।

फाइनल खेलमा नेदरल्यान्ड्स नेपालसँग १ सय ४२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । कुशल भुर्तेल ७७, कुशल मल्ल ५० र दीपेन्द्रले ४८ रनको इनिङ खेलेपछि नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो ।

जितको लागि २ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १७.२ ओभरमा ९६ रनमा अल आउट भएको थियो । म्याक्स ओडाउड, बास डि लिडे र स्कट एडवार्ड्स त्यो समय नेपाल आएका थिए । नेपालका करण केसीले ३ विकेट लिँदा कमलसिंह ऐरी र सन्दीपले दुई विकेट लिएका थिए ।

लिष्ट ए मा दुई खेल

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप २०१५/१७ मा नेपाल र नेदरल्यान्ड्सबीच दुई खेल भएको थियो । २०१६ को अगष्टमा नेपालले नेदरल्यान्ड्सको मैदानमा गएर खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ९४ रनमा अल आउट हुँदै ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले २ सय १७ रन बनाउँदै १९ रनको जित हात पारेको थियो ।

त्यो पहिलो सिरिज

नेपालले २०१५ को विश्वकप टि२० छनोट अघि नेदरल्यान्ड्ससँग ४ टि२० आई खेलको सिरिज खेलेको थियो । जसमा नेपाल सुरुवाती तीन खेलमा १८ रन, १ सय ३ रन र १८ रनले पराजित भएको थियो ।

नेपाल दोस्रो खेलमा १ सय ७२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ६९ रनमा अल आउट भएको थियो । अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो ।

२०१८ मा नेपालले लड्समा नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग त्रिकोणात्मक सिरिज खेलेको थियो । नेदरल्यान्ड्सले १६.४ ओभरमा १७४–४ बनाउँदा वर्षाको कारण खेल रद्द भएको थियो ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.