default_image

2 years ago

July 8, 2023

कप्तान कमिन्सको घातक बलिङमा अष्ट्रेलियालाई अग्रता

206 views

0 Bookmark

एजेन्सी – कप्तान प्याट कमिन्सको घातक बलिङमा अष्ट्रेलियाले द एशेज सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डविरुद्ध अगग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया ११६-४ को अवस्थामाछ छ । समग्रमा अष्ट्रेलिया दोस्रो इनिङमा १ सय ४२ रनले अघि छ ।

अष्ट्रेलियाका ट्रविस हेड १८ र मिचेल मार्श १७ रनमा क्रिजमा छन् । ओपनर उस्मान खवाजा ९६ बलमा ३ चौकसहित ४३, डेविड वार्नर १, मार्नस लाबुसेन ३३ र स्टिभ स्मिथ २ रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर मोईन अलीले दुई विकेट लिएका छन् । क्रिस वोक्स र स्टुअर्ट ब्रोडले समान एक विकेट लिएका छन् ।

त्यसअघि पहिलो इनि इंग्ल्यान्ड २ सय ३७ रनमा अल आउट भयो । इंग्ल्यान्ड पहिलो इनिङमा २६ रनले पछि परेको थियो । कप्तान बेन स्टोक्सले १ सय ८ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए ।

अन्य इंग्लिस ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर ज्याक क्रली ३३, बेन डकेट २, ह्यारी ब्रुक ३, जो रुट १९, जोनी बेयरस्टो १२ र मोईन अली २१ रनमा आउट भए । मार्क वुड ८ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए।

कप्तान प्याट कमिन्सले १८ ओभरमा १ मेडनसहित ९१ रन खर्चेर ६ विकेट लिए । मिचेल स्टार्कले दुई, मिचेल मार्श र टोड मर्फीले समान एक विकेट लिए ।

त्यसअघि लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा पहिलो दिननै २ सय ६३ रनमा अल आउट भएको थियो । टोलीमा लामो समयपछि पूनरागमन गरेका मिचेल मार्शले १ सय १८ बलमा १७ चौका र ४ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

ट्रविस हेड ७४ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । एक समय अष्ट्रेलिया ८५–४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि मिचेल मार्श र हेडले १ सय ५५ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो ।

मार्श क्रिस वोक्सको बलमा ज्याक क्रलीबाट आउट भए । एक समय ५२ ओभरमा २४०-४ को मजबुत अवस्थामा भएको अष्ट्रेलिया वुडको गतिमा उड्दा नाटकीय रुपमा विकेट गुमाएको थियो । अन्तिम २३ रन जोड्दा अष्ट्रेलियाले ६ विकेट गुमाएको थियो ।

इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ । एशेज सिरिज जित्न घरेलु टोली इंग्ल्यान्डलाई बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.