default_image

1 year ago

July 8, 2023

कप्तान कमिन्सको घातक बलिङमा अष्ट्रेलियालाई अग्रता

121 views

0 Bookmark

एजेन्सी – कप्तान प्याट कमिन्सको घातक बलिङमा अष्ट्रेलियाले द एशेज सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डविरुद्ध अगग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदा अष्ट्रेलिया ११६-४ को अवस्थामाछ छ । समग्रमा अष्ट्रेलिया दोस्रो इनिङमा १ सय ४२ रनले अघि छ ।

अष्ट्रेलियाका ट्रविस हेड १८ र मिचेल मार्श १७ रनमा क्रिजमा छन् । ओपनर उस्मान खवाजा ९६ बलमा ३ चौकसहित ४३, डेविड वार्नर १, मार्नस लाबुसेन ३३ र स्टिभ स्मिथ २ रनमा आउट भए । इंग्ल्यान्डका स्पिनर मोईन अलीले दुई विकेट लिएका छन् । क्रिस वोक्स र स्टुअर्ट ब्रोडले समान एक विकेट लिएका छन् ।

त्यसअघि पहिलो इनि इंग्ल्यान्ड २ सय ३७ रनमा अल आउट भयो । इंग्ल्यान्ड पहिलो इनिङमा २६ रनले पछि परेको थियो । कप्तान बेन स्टोक्सले १ सय ८ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए ।

अन्य इंग्लिस ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर ज्याक क्रली ३३, बेन डकेट २, ह्यारी ब्रुक ३, जो रुट १९, जोनी बेयरस्टो १२ र मोईन अली २१ रनमा आउट भए । मार्क वुड ८ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट भए।

कप्तान प्याट कमिन्सले १८ ओभरमा १ मेडनसहित ९१ रन खर्चेर ६ विकेट लिए । मिचेल स्टार्कले दुई, मिचेल मार्श र टोड मर्फीले समान एक विकेट लिए ।

त्यसअघि लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा पहिलो दिननै २ सय ६३ रनमा अल आउट भएको थियो । टोलीमा लामो समयपछि पूनरागमन गरेका मिचेल मार्शले १ सय १८ बलमा १७ चौका र ४ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

ट्रविस हेड ७४ बलमा ५ चौकासहित ३९ रनमा आउट भए । एक समय अष्ट्रेलिया ८५–४ को दयनीय अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि मिचेल मार्श र हेडले १ सय ५५ रनको साझेदारी गरेपछि खेलमा फर्किएको थियो ।

मार्श क्रिस वोक्सको बलमा ज्याक क्रलीबाट आउट भए । एक समय ५२ ओभरमा २४०-४ को मजबुत अवस्थामा भएको अष्ट्रेलिया वुडको गतिमा उड्दा नाटकीय रुपमा विकेट गुमाएको थियो । अन्तिम २३ रन जोड्दा अष्ट्रेलियाले ६ विकेट गुमाएको थियो ।

इंग्ल्यान्डको टोलीमा पूनरागमन गरेका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिए । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिए । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ । एशेज सिरिज जित्न घरेलु टोली इंग्ल्यान्डलाई बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.