default_image

1 year ago

July 9, 2023

श्रीलंकालाई स्तब्ध पार्दै उपाधि जित्ने सोचमा नेदरल्यान्ड्स

252 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप छनोट २०२३ को फाइनलमा आज श्रीलंका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । शीर्ष दुईमा रहँदै आगमी अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएका यी दुई टोली उपाधिका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छन् ।

सुपर सिक्समा नेदरल्यान्ड्स श्रीलंकासँग २१ रनले पराजित भएको थियो । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १ सय ९२ रनमा अल आउट भएको थियो । श्रीलंकालाई ९६-६ को दयनीय अवस्थाबाट धनन्जय डि सिल्भाले ९३ रन जोड्दै मध्यम योगफलमा पुर्याएका थिए । सुपर सिक्समा नेदरल्यान्ड्स पराजित भएपनि आफ्नो प्रदर्शनले उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

श्रीलंकाका दुई स्पिनर महेश थिक्सेना र वानिन्दु हसरंगाको बलिङ आक्रामण खेल्न सके जित सहज बन्न सक्छ । समूह चरणमा वेस्टइन्डिजलाई हराएको नेदरल्यान्ड्सले सुपर सिक्समा स्कटल्यान्ड र ओमानलाई हराउँदै विश्वकपमा पुगेको हो । उता श्रीलंका जारी प्रतियोगिता एक्लो अपराजित टोली हो ।

श्रीलंकाले समूह चरणमा ओमान, स्कटल्यान्ड, आयरल्यान्ड र युएईलाई सहजै हराएको थियो । सुपर सिक्स खेलमा जिम्बावे, नेदरल्यान्ड्स र वेस्टइन्डिजलाई हराएको थियो । श्रीलंकाका पाथुम निसांकाले यस प्रतियोगितामा दुई शतकसहित उत्कृष्ट प्रदर्शन गरेका छन् । पाथुम निसांका र दिमुथ करुणारत्नेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

कप्तान दासुन शानका भने यस प्रतियोगितामा चल्न सकेका छैनन् । उनीबाट श्रीलंका कप्तानी इनिङ चाहन्छ । कुशल मेन्डिस, चरिथ असलंका र धनन्जय डि सिल्भा मध्यक्रमका ब्याटर हुन् । तीव्र गतिका बलरमा दिलशान मदुशानका र मथिशा पाथिराना हुनेछन् ।

उता नेदरल्यान्ड्सका बास डि लिडे र लोगन भान बिक प्रमुख हतियार हुन् । जित्नै पर्ने खेलमा लिडेले स्कटल्यान्डविरुद्ध १ सय २३ रनको शतकीय इनिङ र पाँच विकेट लिएका थिए । लिडेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

सुपर सिक्समा लिडेले श्रीलंकाविरुद्ध ३ विकेट लिएका थिए । लोगन भान बिकले पनि ३ विकेट लिएका थिए । बिकले यस प्रतियोगिताभर सानदार प्रदर्शन गरेका छन् । वेस्टइन्डिजलाई हराउन सुपर हिरो बनेका थिए । उनी नयाँ बलका साथ बाउन्स र सर्ट बलका साथ सफल हुँदै आएका छन् ।

कप्तान स्कट एडवार्ड्स टोलीका सबैभन्दा भरपर्दा ब्याटर हुन् । उनले सुपर सिक्समा ६७ रनको अविजित इनिङ खेलेका थिए । उनी नेदरल्यान्ड्सका अन्य ब्याटरको तुलनामा स्पिन राम्रो खेल्ने गर्दछन् । ओपनर विक्रमजित सिंह, म्याक्स ओडाउड, वेस्ली ब्यारेसी र तेजा नाडिमानिरु ब्याटरको रुपमा खेल्नेछन् । दुई भारतीय मुलका तेजा र विक्रमजित नायक बन्न सक्छन् । ओडाउड भने आक्रामक ब्याटर हुन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.