2 years ago
July 9, 2023
एजेन्सी – आइसिसी विश्वकप छनोट २०२३ को फाइनलमा आज श्रीलंका र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । शीर्ष दुईमा रहँदै आगमी अक्टोबर र नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएका यी दुई टोली उपाधिका साथ प्रतियोगिता अन्त्य गर्न चाहन्छन् ।

सुपर सिक्समा नेदरल्यान्ड्स श्रीलंकासँग २१ रनले पराजित भएको थियो । जितको लागि २ सय १४ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १ सय ९२ रनमा अल आउट भएको थियो । श्रीलंकालाई ९६-६ को दयनीय अवस्थाबाट धनन्जय डि सिल्भाले ९३ रन जोड्दै मध्यम योगफलमा पुर्याएका थिए । सुपर सिक्समा नेदरल्यान्ड्स पराजित भएपनि आफ्नो प्रदर्शनले उच्च मनोबलका साथ मैदान उत्रनेछ ।
श्रीलंकाका दुई स्पिनर महेश थिक्सेना र वानिन्दु हसरंगाको बलिङ आक्रामण खेल्न सके जित सहज बन्न सक्छ । समूह चरणमा वेस्टइन्डिजलाई हराएको नेदरल्यान्ड्सले सुपर सिक्समा स्कटल्यान्ड र ओमानलाई हराउँदै विश्वकपमा पुगेको हो । उता श्रीलंका जारी प्रतियोगिता एक्लो अपराजित टोली हो ।
श्रीलंकाले समूह चरणमा ओमान, स्कटल्यान्ड, आयरल्यान्ड र युएईलाई सहजै हराएको थियो । सुपर सिक्स खेलमा जिम्बावे, नेदरल्यान्ड्स र वेस्टइन्डिजलाई हराएको थियो । श्रीलंकाका पाथुम निसांकाले यस प्रतियोगितामा दुई शतकसहित उत्कृष्ट प्रदर्शन गरेका छन् । पाथुम निसांका र दिमुथ करुणारत्नेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

कप्तान दासुन शानका भने यस प्रतियोगितामा चल्न सकेका छैनन् । उनीबाट श्रीलंका कप्तानी इनिङ चाहन्छ । कुशल मेन्डिस, चरिथ असलंका र धनन्जय डि सिल्भा मध्यक्रमका ब्याटर हुन् । तीव्र गतिका बलरमा दिलशान मदुशानका र मथिशा पाथिराना हुनेछन् ।
उता नेदरल्यान्ड्सका बास डि लिडे र लोगन भान बिक प्रमुख हतियार हुन् । जित्नै पर्ने खेलमा लिडेले स्कटल्यान्डविरुद्ध १ सय २३ रनको शतकीय इनिङ र पाँच विकेट लिएका थिए । लिडेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
सुपर सिक्समा लिडेले श्रीलंकाविरुद्ध ३ विकेट लिएका थिए । लोगन भान बिकले पनि ३ विकेट लिएका थिए । बिकले यस प्रतियोगिताभर सानदार प्रदर्शन गरेका छन् । वेस्टइन्डिजलाई हराउन सुपर हिरो बनेका थिए । उनी नयाँ बलका साथ बाउन्स र सर्ट बलका साथ सफल हुँदै आएका छन् ।
कप्तान स्कट एडवार्ड्स टोलीका सबैभन्दा भरपर्दा ब्याटर हुन् । उनले सुपर सिक्समा ६७ रनको अविजित इनिङ खेलेका थिए । उनी नेदरल्यान्ड्सका अन्य ब्याटरको तुलनामा स्पिन राम्रो खेल्ने गर्दछन् । ओपनर विक्रमजित सिंह, म्याक्स ओडाउड, वेस्ली ब्यारेसी र तेजा नाडिमानिरु ब्याटरको रुपमा खेल्नेछन् । दुई भारतीय मुलका तेजा र विक्रमजित नायक बन्न सक्छन् । ओडाउड भने आक्रामक ब्याटर हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]