2 years ago
July 9, 2023
एजेन्सी – जिम्बावेमा सम्पन्न आइसिसी विश्वकप छनोटको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ । श्रीलंका अपराजित रहँदै च्याम्पियनका साथ भारतमा हुने विश्वकपमा छनोट भएको हो ।
भारतमा हुने विश्वकपमा स्थान बनाएका नेदरल्यान्ड्स र श्रीलंकाले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । बलिङमा सानदार प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेदरल्यान्ड्स पराजित भएको हो ।
जितको लागि २ सय ३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३.२३ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले ६३ बलमा १ चौका र १ छक्कासहित ३३, विक्रमजित सिंह १३ र लोगन भान बिकले २० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाका स्पिनर महेश थिक्सेनाले सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर दिलशान मदुशानकाले ७ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले दुई विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका २ सय ३३ रनमा अल आउट भयो । श्रीलंकाका सेहान अर्चाचिगेले ७१ बलमा ४ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए ।
कुशल मेन्डिस ५२ बलमा ५ चौका र १ छक्कासहित ४३, पाथुम निसांका २३, सदिरा समाराविक्रमा १९, चरिथ असलंका ३६ र दासुन शानका १ रनमा आउट भए ।
नेदरल्यान्ड्सका लोगन भान बिंक, रायन केलिन, विक्रमजित सिंह र सकिब जुलफिकरले समान दुई विकेट लिए ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]