default_image

2 years ago

July 9, 2023

श्रीलंका अपराजित रहँदै च्याम्पियन

332 views

0 Bookmark

एजेन्सी – जिम्बावेमा सम्पन्न आइसिसी विश्वकप छनोटको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जितेको छ । श्रीलंका अपराजित रहँदै च्याम्पियनका साथ भारतमा हुने विश्वकपमा छनोट भएको हो ।

भारतमा हुने विश्वकपमा स्थान बनाएका नेदरल्यान्ड्स र श्रीलंकाले उपाधिको लागि प्रतिस्पर्धा गरेका थिए । बलिङमा सानदार प्रदर्शन गरेपनि ब्याटिङ नचल्दा नेदरल्यान्ड्स पराजित भएको हो ।

जितको लागि २ सय ३४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २३.२३ ओभरमा १ सय ५ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले ६३ बलमा १ चौका र १ छक्कासहित ३३, विक्रमजित सिंह १३ र लोगन भान बिकले २० रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका स्पिनर महेश थिक्सेनाले सर्वाधिक ४ विकेट लिए । तीव्र गतिका बलर दिलशान मदुशानकाले ७ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । वानिन्दु हसरंगाले दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोर्ट्स क्लबा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका २ सय ३३ रनमा अल आउट भयो । श्रीलंकाका सेहान अर्चाचिगेले ७१ बलमा ४ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए ।

कुशल मेन्डिस ५२ बलमा ५ चौका र १ छक्कासहित ४३, पाथुम निसांका २३, सदिरा समाराविक्रमा १९, चरिथ असलंका ३६ र दासुन शानका १ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लोगन भान बिंक, रायन केलिन, विक्रमजित सिंह र सकिब जुलफिकरले समान दुई विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.