default_image

1 year ago

July 13, 2023

भारत सामु निरिह घरेलु टोली वेस्टइन्डिज

185 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्टइन्डिज भारतविरुद्ध पहिलो टेस्ट खेलको पहिलो दिननै निरिह बनेको छ । पहिलो दिनको खेल सकिँदा भारत २३ ओभरमा कुनै विकेट नगुमाई ८० रन बनाएको छ ।

भारतका लागि डेब्यू खेल खेलेका बायाँ हाते युवा ब्याटर यशस्वी जैसवाल ७३ बलमा ६ चौकासहित ४० रनमा अविजित छन् । कप्तान रोहित शर्मा ६५ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा अविजित छन् ।

भारत पहिलो इनिङमा मात्रै ७० रनले पछिछ । भारतले जैसवाल र विकेटकिपर ईशान किशनलाई खेलमा डेब्यू दिएको थियो । जैसवालले ओपनिङ गर्ने भएपछि सुभमन गिलले तेस्रो नम्बरमा ब्याटिङ गर्नेछन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिज ६४.३ ओभरमा १ सय ५० रनमा अल आउट भयो । वेस्टइन्डिजका लागि एलिक एथानाजेले ९९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अन्य कुनैपनि ब्याटरको प्रदर्शन सम्झन लायक रहेन ।

भारतका रविचन्द्रन आश्विनले पाँच विकेट लिए । रविन्द्र जडेजाले तीन, शार्दुल ठाकुर र मोहम्मद शिराजले समान एक विकेट लिए ।

वेस्टइन्डिजले घरेलु मैदानमा दुई टेस्ट, तीन ओडिआई र पाँच टि२० आई खेलको सिरिज भारतसँग खेल्नेछ । पहिलो पटक विश्वकपमा पुग्न नसकेको वेस्टइन्डिजको लागि यो सिरिज निकै महत्वपूर्ण हुनेछ ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.