2 years ago
July 14, 2023
एजेन्सी – घरेलु टोली बंगलादेशले पहिलो टि२० आई खेलमा अफगानिस्तानमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा घरेलु टोली बंगलादेशले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ओभरमा बंगलादेशलाई जितको लागि मात्रै ६ रन चाहिएको थियो । मेहेदी हसन मिराजले पहिलो बलमै करिम जन्नतलाई एक्स्ट्रा कभरमा चौका प्रहार गरेपछि बाँकी ५ बलमा दुई रन चाहिँएको थियो ।
तर नाटकीय रुपमा करिम जन्नतले ह्याट्रिक लिन पुगेपछि खेल रोचक बनेको थियो । दोस्रो बलमा हसन ८ रनमा मोहम्मद नाबी, तेस्रो बलमा तस्किन अहमद एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाज र चौथौं बलमा एज लागेर नासुम अहमदबाट क्याच आउट हुन पुगेका थिए । पाँचौं बलमा शोरिफुल इस्लामले चौका प्रहार गर्दै खेल सकाएका थिए ।
बंगलादेशको जितमा तोहिद हृदोय ३२ बलमा ३ चौका र २ छक्कासहित ४७ रनमा नट आउट रहे । शमिम हसैन २५ बलमा ४ चौकासहित ३३, सकिब अल हसन १९, लिटन दास १८ र नाज्मुल हसन सान्टो १४ रनमा आउट भए ।
अफगानिस्तानका करिम जन्नतले १.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएपनि जिताउन सकेनन् । फजलहक फारुकी, मुजिब उर रहमान, आजमतुल्लाह ओमरजाई, राशिद खान र फरिद मलिकले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाउन सक्यो । अफगानिस्तानका मोहम्मद नाबीले ४० बलमा ६ चौका र १ छक्कासहित सर्वाििधक ५४ रनमा नट आउट रहे । आजमतुल्लाह ओमरजाईले १८ बलमा ४ छक्कासहित ३३, गुरबाजद १६ र नाजिबउल्लाह जद्रानले ३३ रन बनाए ।
बंगलादेशका सकिब अल हसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । नासुम अहमद, तस्किन अहमद, शोरिफुल इस्लाम, मुश्ताफिजुर रहमान र मेहेदी हसन मिराजले समान एक विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]