2 years ago
July 14, 2023
एजेन्सी – घरेलु टोली बंगलादेशले पहिलो टि२० आई खेलमा अफगानिस्तानमाथि दुई विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा घरेलु टोली बंगलादेशले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ओभरमा बंगलादेशलाई जितको लागि मात्रै ६ रन चाहिएको थियो । मेहेदी हसन मिराजले पहिलो बलमै करिम जन्नतलाई एक्स्ट्रा कभरमा चौका प्रहार गरेपछि बाँकी ५ बलमा दुई रन चाहिँएको थियो ।
तर नाटकीय रुपमा करिम जन्नतले ह्याट्रिक लिन पुगेपछि खेल रोचक बनेको थियो । दोस्रो बलमा हसन ८ रनमा मोहम्मद नाबी, तेस्रो बलमा तस्किन अहमद एज लागेर विकेटकिपर रहमानउल्लाह गुरबाज र चौथौं बलमा एज लागेर नासुम अहमदबाट क्याच आउट हुन पुगेका थिए । पाँचौं बलमा शोरिफुल इस्लामले चौका प्रहार गर्दै खेल सकाएका थिए ।
बंगलादेशको जितमा तोहिद हृदोय ३२ बलमा ३ चौका र २ छक्कासहित ४७ रनमा नट आउट रहे । शमिम हसैन २५ बलमा ४ चौकासहित ३३, सकिब अल हसन १९, लिटन दास १८ र नाज्मुल हसन सान्टो १४ रनमा आउट भए ।
अफगानिस्तानका करिम जन्नतले १.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लिएपनि जिताउन सकेनन् । फजलहक फारुकी, मुजिब उर रहमान, आजमतुल्लाह ओमरजाई, राशिद खान र फरिद मलिकले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५४ रन बनाउन सक्यो । अफगानिस्तानका मोहम्मद नाबीले ४० बलमा ६ चौका र १ छक्कासहित सर्वाििधक ५४ रनमा नट आउट रहे । आजमतुल्लाह ओमरजाईले १८ बलमा ४ छक्कासहित ३३, गुरबाजद १६ र नाजिबउल्लाह जद्रानले ३३ रन बनाए ।
बंगलादेशका सकिब अल हसनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । नासुम अहमद, तस्किन अहमद, शोरिफुल इस्लाम, मुश्ताफिजुर रहमान र मेहेदी हसन मिराजले समान एक विकेट लिए । दोस्रो खेल आइतबार हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]