default_image

2 years ago

July 22, 2023

कोहलीको शतकमा भारत बलियो

186 views

0 Bookmark

एजेन्सी – पूर्वकप्तान विराट कोहलीको शतकमा भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध बलियो योगफल बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत दोस्रो दिन ४ सय ३८ रनमा अल आउट भयो ।

भारतका विराट कोहलीले २ सय ६ बलमा ११ चौकासहित १ सय २१ रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको २९ औं शतक हो । उनी रन आउट हुन पुगेका थिए । ओपनर यशस्वी जैसवाल र रोहित शर्माले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए ।

जैसवाल ७४ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा क्याच आउट भए । रोहित शर्मा १ सय ४३ बलमा ९ चौका र २ छक्कासहित ८० रनमा बोल्ड आउट भए । शुभमन गिल १० र अजिंक्या रहाणे ८ रनमा आउट भए । स्पिन अलराउन्डर रविन्द्र जडेजा १ सय ५२ बलमा ५ चौकासहित ६१ तथा रविचन्द्रन आश्विन ७८ बलमा ८ चौकासहित ५६ रनमा आउट भए ।

वेस्टइन्डिजका केमार रोच र जोमेल वारिकनले समान तीन विकेट लिए । दोस्रो दिनको खेल सकिदा वेस्टइन्डिज ४१ ओभरमा ८६(१ को अवस्थामा छ । वेस्टइन्डिजका कप्तान क्रेग ब्रेथवेट ३७ र किर्क म्याककेन्जे १४ रनमा अविजित छन् ।

त्यसअघि ओपनर तेजनारायण चन्द्रपाउल ९५ बलमा ४ चौकासहित ३३ रनमा रविन्द जडेजाको बलमा आश्विनबाट क्याच आउट भए । दुई टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.