2 years ago
July 22, 2023
एजेन्सी – पूर्वकप्तान विराट कोहलीको शतकमा भारतले दोस्रो टेस्ट खेलमा घरेलु टोली वेस्टइन्डिजविरुद्ध बलियो योगफल बनाएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत दोस्रो दिन ४ सय ३८ रनमा अल आउट भयो ।

भारतका विराट कोहलीले २ सय ६ बलमा ११ चौकासहित १ सय २१ रनको शतकीय इनिङ खेले । उनको यो टेस्ट करिअरको २९ औं शतक हो । उनी रन आउट हुन पुगेका थिए । ओपनर यशस्वी जैसवाल र रोहित शर्माले पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए ।
जैसवाल ७४ बलमा ९ चौका र १ छक्कासहित ५७ रनमा क्याच आउट भए । रोहित शर्मा १ सय ४३ बलमा ९ चौका र २ छक्कासहित ८० रनमा बोल्ड आउट भए । शुभमन गिल १० र अजिंक्या रहाणे ८ रनमा आउट भए । स्पिन अलराउन्डर रविन्द्र जडेजा १ सय ५२ बलमा ५ चौकासहित ६१ तथा रविचन्द्रन आश्विन ७८ बलमा ८ चौकासहित ५६ रनमा आउट भए ।
वेस्टइन्डिजका केमार रोच र जोमेल वारिकनले समान तीन विकेट लिए । दोस्रो दिनको खेल सकिदा वेस्टइन्डिज ४१ ओभरमा ८६(१ को अवस्थामा छ । वेस्टइन्डिजका कप्तान क्रेग ब्रेथवेट ३७ र किर्क म्याककेन्जे १४ रनमा अविजित छन् ।
त्यसअघि ओपनर तेजनारायण चन्द्रपाउल ९५ बलमा ४ चौकासहित ३३ रनमा रविन्द जडेजाको बलमा आश्विनबाट क्याच आउट भए । दुई टेस्ट खेलको सिरिजमा भारत १–० ले अघि छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]