default_image

4 months ago

July 28, 2023

क्रिस गेलको टोलीविरुद्ध खेल्दै सन्दीप

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आज राती सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल आज मध्य राती १ : १५ मा मा सुरु हुनेछ । प्यान्थर्सको कप्तानी शोएब मलिक र जागुअर्सको इफ्तिखर अहमदले गर्नेछन् । नेपाली स्पिनर सन्दीप राम्रो लयमा छन् । सन्दीपले ३ खेलमा ४ विकेट लिएका छन् […]

179 views

0 Bookmark

एजेन्सी – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आज राती सर्रे जागुअर्सबाट मिसिसौगा प्यान्थर्ससँग खेल्दैछ । खेल आज मध्य राती १ : १५ मा मा सुरु हुनेछ ।

प्यान्थर्सको कप्तानी शोएब मलिक र जागुअर्सको इफ्तिखर अहमदले गर्नेछन् । नेपाली स्पिनर सन्दीप राम्रो लयमा छन् । सन्दीपले ३ खेलमा ४ विकेट लिएका छन् । सर्रे ३ खेलमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । प्यान्थर्स सुरुवाती चारै खेलमा पराजित भएको छ ।

मिसिसौगा प्यान्थर्समा शोएब मलिब, आजम खान, क्रिस गेल र जेम्श निसम जस्ता खेलाडी छन् । गेलले यस सिजनमा १०, ६१, १ र ४ रन बनाएका छन् । उनीबाट टोली उत्कृष्ट प्रदर्शन चाहन्छ । उता सन्दीपको टोलीमा इफ्तिखर अहमद, बेन कटिङ, एलेक्स हेल्स, लिटन दास र मोहम्मद हरिस जस्ता ब्याटर छन् ।

उता दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले टोरान्टो नेशनलसँग शनिबार साँझ प्रतिस्पर्धा गर्नेछ । टाइगर्स ४ खेलमा ३ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । दीपेन्द्रले तीन खेलमा २८, २२ र २८ रन बनाउनुको साथै एक विकेट लिएका छन् ।
दीपेन्द्रले सर्रे र ब्राम्पटन वल्भसविरुद्ध टोलीकै सर्वाधिक समान २८ रन बनाएका थिए । ब्राम्पटन ४ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ ।

November 30, 2023

बागमती प्रदेशले महिला क्रिकेट छनोटको लागि २५ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० छनोट अन्तर्गत प्रदेश छनोटका लागि बागमती प्रदेशले २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् ले बागमती प्रदेश क्रिकेट संघसँगको सहकार्यमा प्रधानमन्त्री कप महिला क्रिकेट छनोट प्रतियोगिता आयोजना गर्दैछ । बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद विकास परिषद्, बागमतीले प्रदेशले प्रदेश […]

November 30, 2023

एपिएफलाई हराउँदै मधेश पहिलो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशले केपी ओली टि२० कपको दोस्रो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई ११ रनले हराउँदै पहिलो पटक फाइनलमा पुगेको छ । मधेश पहिलो पटक फाइनलमा पुगेको हो । उपाधिको लागि मधेशले आर्मीसँग खेल्नेछ । जितको लागि १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाउँदै १ […]

November 30, 2023

टि२० विश्वकप खेल्ने २० टोलीको नै टुङ्गो

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप २०२४ मा सहभागिता जनाउने सबै २० टोलीको नै टुङ्गो लागेको छ । अफ्रिका छनोटबाट नामिबिया र युगान्डा छनोट भएसँगै विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । विश्वकप आगामी २०२४ जुन ४ देखी ३० सम्म अमेरिका र वेस्टइन्डिज संयुक्त रुपमा आयोजना गर्नेछन् । उक्त विश्वकपमा नेपालसँगै अमेरिका, वेस्टइन्डिज, […]

Success

Thank you for your time.