default_image

1 year ago

August 11, 2023

पुजा, खुशी र रुवी पहिलो पटक नेपाली टोलीमा

4626 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर पुजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोल पहिलो पटक नेपाली महिला क्रिकेट टोलीमा परेका छन् । यसै महिना अन्तिममा मलेसियामा हुने आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको लागि अन्तिम टोली घोषणा गर्दा पहिलो पटक तीन खेलाडीले नेपाली टोलीमा स्थान बनाएका हुन् ।

पुजा महतो नेपाली सिनियर टोलीमा घरेलु नखेली परेकी हुन् । महत्तोरी घर भएकी उनी भारतमा क्रिकेट खेलेर हुर्किएकी हुन् ।
उनलाई नेपालले प्रशिक्षणमा बोलाएको थियो । नेपालले एक महिना अघिनै उनलाई प्रशिक्षणमा हेरेको थियो । उनको ब्याटिङबाट टोली प्रभावित हुँदै टोलीमा राखेको हो । उनले शीर्ष र मध्यक्रम दुबैमा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।


पुजा महतो

पुजाले नेपालमा कुनैपनि घरेलु क्रिकेट खेलेकी छैनिन् । पुजाले तीव्र गतिमा बलिङ पनि गर्ने गर्दछिन् । उनी ठूलो सम्भावना बोकेको अलराउन्डर हुन् । त्यसैले नेपालमा कुनैपनि घरेलु क्रिकेट नखेली सिधैं सिनियर टोलीमा परेकी हुन् ।

रुवी सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । विकेटकिपरसँगै उनले कुनैपनि भूमिकामा खेल्ने गर्दछिन् । सुदूरबाट उनले ओपनिङ देखी तल्लोक्रमसम्म प्रदर्शन गरेकी छिन् । नेपालले ज्योति पाण्डेलाई बाहिर राख्दा उनलाई मौका दिएको छ ।

रुवी पोदार

खुशी डंगोल पनि पहिलो पटक टोलीमा परेकी छिन् । नेपालबाट यू-१९ क्रिकेट खेली सकेकी खुशीले बागमतीबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । खुशी लेग स्पिनर हुन् ।

नेपालले दुई महिना अघि एसिसी इमर्जिङ टिम्स महिला प्रतियोगिता खेल्दा टोलीबाट स्पिनर कृतिका मरासिनी, ज्योति पाण्डे र सरस्वती चौधरीलाई टोली बाहिर राखेको थियो ।

खुशी डंगोल

आइसिसी वुमन्स विश्वकप टि२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् ।

समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् । प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

नेपालको टोली :

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.