1 month ago
August 19, 2023
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक सफल तीव्र गतिका बलर लासिथ मलिङ्गा मुम्बई इन्डियन्समा फर्किएका छन् । श्रीलंकाका पूर्व बलर मलिङ्गा मुम्बईको तीव्र गतिका बलिङ प्रशिक्षकको रुपमा फर्किएका हुन् । मलिङ्गा विश्व टि२० क्रिकेटकै उत्कृष्ट बलर थिए । उनी योर्कर किंग थिए । उनको सटिक योर्कर खेल्न विश्वस्टार ब्याटरलाई निकै कठिन पर्ने गर्दथ्यो […]
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) का सर्वाधिक सफल तीव्र गतिका बलर लासिथ मलिङ्गा मुम्बई इन्डियन्समा फर्किएका छन् । श्रीलंकाका पूर्व बलर मलिङ्गा मुम्बईको तीव्र गतिका बलिङ प्रशिक्षकको रुपमा फर्किएका हुन् । मलिङ्गा विश्व टि२० क्रिकेटकै उत्कृष्ट बलर थिए ।
उनी योर्कर किंग थिए । उनको सटिक योर्कर खेल्न विश्वस्टार ब्याटरलाई निकै कठिन पर्ने गर्दथ्यो । उनले २०२१ मा आइपिएलबाट सन्न्यास लिएका थिए । २०२२ देखी राजस्थान रोयल्सको बलिङ प्रशिक्षकको रुपमा काम गरेका थिए । मुम्बईका शेन बोन्डको स्थानमा मलिङ्गा आएका हुन् ।
२०२४ देखी उनले बलिङ प्रशिक्षकको रुपमा काम गर्नेछन् । मुम्बईले पाँच मध्य चार उपाधि उनको सानदार प्रदर्शनमा जितेको थियो । मलिङ्गाले मुम्बईबाट २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेका थिए । उनले मुम्बईबाट १ सय २२ खेलमा १ सय ७० विकेट लिएका थिए ।
मुम्बईले २०२० को उपाधि जित्दा भने टोलीमा थिएनन् । कोरोना महामारीको कारण आइपिएलका खेलहरु दुबईमा हुँदा मलिङ्गाले ब्यक्तिगत कारण नखेल्ने जनाएका थिए । अघिल्लो महिना अमेरिकाको मुम्बईको सामित्वमा रहेको एमआई न्यूयोर्कले उपाधि जित्दा उनी बलिङ प्रशिक्षक थिए ।
मुम्बईमा जस्प्रित बुमराह र मलिङ्गाको जोडीले सानदार प्रदर्शन गरेका थिए । तीव्र गतिका बलरमा मुम्बईले आफ्नो पहिचान बनाएका थिए । मलिङ्गाले आइपिएल छाडेपछि र बुमराह घाइते भएपछि मुम्बईको बलिङ आक्रामण कमजोेर बनेको थियो । मलिङ्गाको आगमनले मुम्बईको बलिङ आइपिएलमा मजबुत हुने अनुमान गरिएको छ ।
मलिङ्गा विश्व क्रिकेटकै एक सर्वाधिक सफल बलर हुन् । उनले श्रीलंकाबाट ३० टेस्ट खेलमा १ सय १, २ सय २६ ओडिआई खेलमा ३ सय ३८ र ८४ टि२० आई खेलमा १ सय ७ विकेट लिएका थिए ।
२०१४ को टि२० विश्वकपको फाइनलमा भारतलाई हराउँदै श्रीलंकालाई उपाधि जिताउन मलिङ्गाले सानदार प्रदर्शन गरेका थिए । २०१९ को फाइनलमा चेन्नईलाई एक रनले हराउँदै मुम्बईलाई उपाधि जिताउन उनले अन्तिम ओभरमा ९ रन चाहिँदा जित दिलाएका थिए ।
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो ब्याचका खेलाडीलाई सम्मानित गरेको छ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेल्ने नेपालका पहिलो ब्याचका सबै खेलाडी र प्रशिक्षकलाई क्यानले सम्मानित गरेको हो । क्यानको केन्द्रिय साधारण सभा तथा अधिवेशनको क्रममा उनीहरुलाई सम्मान गरेको हो । कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले खेलाडीहरुलाई […]
September 22, 2023
एजेन्सी – पाकिस्तानले बाबर आजमको कप्तानीमा तीन सातापछि भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ । एसिया कपबाट पाकिस्तानले टोलीमा दुई परिवर्तन गरेको छ । पाकिस्तानले घाइते नसिम शाहको स्थानमा अर्का तीव्र गतिका बलर हसन अलीलाई मौका दिएको छ । त्यस्तै फहिम अशरफको स्थानमा स्पिनर उस्मा मिरलाई मौका दिएको छ । […]
September 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बर्दिया जिल्ला क्रिकेट संघका अध्यक्ष विनयराज भण्डारीले नेपाल क्रिकेट संघको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । विनयले हाम्रो खेलकुदसँग कुरा गर्दै वर्तमान अध्यक्ष चतुरबहादुर चन्दकोविरुद्धमा लड्ने घोषणा गरेका छन् । ‘म क्यानको अध्यक्षमा लड्दैछु । चन्दविरुद्ध रुष्ट साथीहरुले मलाई उठ्नुस भनेका छन् । चन्दको कार्यशैली मन नपरेका २४, २५ जान साथीहरुले […]