default_image

2 years ago

August 21, 2023

उपाधि दाबेदार भारतको एसिया कप खेल्ने टोली घोषणा

7468 views

0 Bookmark

एजेन्सी – उपाधिको प्रमुख दाबेदार भारतले दुई सातापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्ने टोली घोषणा गरेको छ । भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् ।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बरसम्म हुनेछ । भारतका सबै खेल श्रीलंकामा हुनेछन् । नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।

भारतले अघिल्लो साता वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका तिलक बर्मालाई भारतले टोलीमा समेटेको छ । तर विकेटकिपर सन्जु स्यामसनलाई टोलीबाट बाहिर राखेको छ । स्यामसन वैकल्पिक खेलाडीको रुपमा टोलीमा हुनेछन् ।

भारतीय टोलीमा जस्प्रित बुमराह, लोकेश राहुल र श्रेयस ऐरले पूनरागमन गरेका हुन् । बुमराहको कप्तानीमा भारतले आयरल्यान्डविरुद्ध टि२० आई सिरिज खेलेको छ । यी तीन खेलाडी एकवर्ष देखी चोटका कारण टोलीमा थिएनन् ।

भारतको टोली :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण
सन्जु स्यामसन (वैकल्पिक)

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.