2 years ago
August 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् । पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका सन्दीप आइतबार राती पाकिस्तान जाने भएका छन् ।

सन्दीपको आइतबार जिल्ला अदालत काठमाडौंमा पेसी छ । त्यसपछि सन्दीप एसिया कप खेल्न जाने उनका वकिल सरोज घिमिरेले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
‘अब सन्दीपको आइतबार पेसी छ । हामी अन्तिम फैसला पर्खिरहेका छौं । आइतबार अन्तिम फैसला सम्भावना होइन हुन पर्ने हो । अरु विविध कारणले नहुने भन्ने त्यही दिन थाहा हुने भयो । हामी पछिल्ला ३-४ पेसीदेखि अन्तिम भनेर नै बसेका छौं । एउटा एउटा समस्या निकालेका छन् । त्यसैले गर्दा ठ्याक्कै भन्न सकिँदैन’, घिमिरेले हाम्रो खेलकुदसँग भने ।
नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । नेपाली क्रिकेट संघ (क्यान) ले सन्दीप बिरामी भएको झुटो समाचार दिँदै उम्किन खोजेको थियो । मंगलबार साँझ नै सन्दीपले आफू पूर्णरुपमा फिट भएको जनाएका थिए ।
घिमिरेले सन्दीप आइतबार साँझ एसिया कप खेल्न जाने बताए । ‘सन्दीप अहिले टिमसँग नजानुको मुख्य कारण पनि आइतबारको पेसी नै भएर हो । आइतबार पेसी तोकिने सार्वजनिक गरेका थिएनौं । किनभने केहि अनुसन्धान बाँकी थियो । आइतबार पेसी तोकिएको छ । त्यसपछि सन्दीप आइतबार बेलुका उडान गर्छन्, उनले भने ।
अदालतले अन्तिम फैसला नगरेपनि सन्दीप जाने घिमिरे बताउँछन् । उनले भने, ‘अदालतले आइतबार अन्तिम फैसला दिएन भने पनि केहि फरक पर्दैन । हामी मिलाउँछौं । उनी आइतबार जाँदैछन् ।’ पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्म मिति यकिन गर्न आदेश दिएको थियो ।
एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली बुधबार पाकिस्तान पुगेको थियो । आजदेखि तयारी गर्नेछ । नेपालले आफ्नो इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]