default_image

2 years ago

August 28, 2023

एसिया कपबाट नेपाली खेलाडीलाई हुनसक्ने पाँच फाइदा

3019 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा डेब्यू गर्दै विश्व क्रिकेटका दुई पावर हाउस भारत र पाकिस्तानसँग खेल्दैछ । नेपाली क्रिकेट इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दा धेरैको कौतुहलता नेपालको प्रदर्शन कस्तो रहला भन्ने छ ।

नेपालले भदौ १३ मा पाकिस्तान र भदौ १८ मा भारतसँग खेल्नेछ । विश्व स्टारको बाहुल्यता भएको यी दुई देशको खेल विश्व क्रिकेटले हेर्नेछन् । विश्वकप अघि एसिया कप हुन लागेको हुँदा अझ बढी महत्वका साथ हेरिनेछ ।

एसोसिएट क्रिकेटमा राम्रो प्रभाव छाडेको नेपाली युवा टोली खेल विश्व हेर्न चाहन्छ । भारत र पाकिस्तानसँग खेल्ने हुँदा विश्वले नै नेपालको खेल हेर्ने देखिन्छ । भारत र पाकिस्तानलाई हराउन जादुमयी प्रदर्शन बाहेक अन्य असम्भव देखिन्छ । क्रिकेटमा कुनैपनि भर हुँदैन । खेलको दिन नेपाल कस्तो खेल खेल्छ त्यसमा भरपर्छ ।

हार वा जित खेलाडीको हातमा हुँदैन । तर नेपालले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध राम्रो गर्न सके विश्व क्रिकेटमा थुप्रै अवसरका ढोकाहरु खुल्नेछन् । नेपाली टोली र खेलाडी दुवैको भाग्य परिवर्तन हुनसक्छ । त्यसको लागि नेपालले आफ्नो उत्कृष्ट क्रिकेट विश्वलाई देखाउनु पर्नेहुन्छ । एसिया कपमा राम्रो प्रदर्शन गर्न सके नेपाल र खेलाडीलाई हुने पाँच फाइदा यस प्रकार छन् ।

५. आत्माविश्वासमा वृद्धि

भारत र पाकिस्तानको टोलीमा विश्व स्टार छन् । नेपाली कुनै ब्याटरले पाकिस्तानका शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहको गतीमा रन बनाउन सक्छन् भने आगमी दिनमा आत्माविश्वास नै फरक हुन्छ ।

वर्तमान समयका विश्व क्रिकेटका उत्कृष्ट ब्याटर बाबर आजम र विराट कोहलीलाई कुनै नेपाली खेलाडीले आउट गर्छन् भने अन्य विश्व स्टारलाई पनि सकिन्छ भन्ने सोचको विकास हुन्छ । क्रिकेटमा आत्माविश्वास सधैं महत्वपूर्ण हुन्छ ।

बलियो आत्माविश्वास विना कुनैपनि खेलाडीले राम्रो गर्न सक्दैन । नेपाली खेलाडीमा उत्कृष्ट क्षमता भएपनि आत्माविश्वासको कमीको कारण ठूला टोलीविरुद्ध राम्रो गर्न सकेका छैनन् । एसिया कपमा भारत र पाकिस्तानसँग राम्रो गर्न सके नेपाली खेलाडीको आत्माविश्वासमा विकास हुनेछ ।

४. टेस्ट टोली नेपालसँग सिरिज खेल्न इच्छुक

यदि नेपालले भारत र पाकिस्तानविरुद्ध राम्रो गर्नसक्यो भने आगमी दिनमा टेस्ट टोलीहरु सिरिज खेल्न इच्छुक हुन सक्छन् । वर्तमान अवस्थामा टेस्ट टोली नेपालसँग सिरिज खेल्न खुलेर मानेका छैनन् । नेपालले सिरिज खेल्न प्रस्ताव गर्दा टेस्ट टोलीका क्रिकेट बोर्डहरु ए टोली पठाउने बताउँदै आएका छन् ।

एसिया कपको प्रदर्शनले आउने दिनमा बंगलादेश, श्रीलंका, अफगानिस्तान, जिम्बावे, वेस्टइन्डिज लगायतका टेस्ट टोलीहरु सिरिज खेल्न इच्छुक हुन्छन् । नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन हुनेछ । विश्व क्रिकेटमा नेपाली खेलाडी विस्तारै लोकप्रिय हुँदै जानेछन् । नेपाली समर्थक सामु टेस्ट टोली सिरिज खेल्न इच्छुक हुनसक्छन् ।

३. खेलाडीको क्षमतामा विकास

एसिया कपमा राम्रो गर्न सके नेपाली खेलाडीलाई विदेशी लिगमा अवसर आउनेछन् । विदेशी लिगमा स्टार खेलाडीहरुसँगै खेल्दा, ड्रेसिङरुम सेयर गर्दा र अभ्यास गर्दा खेलाडीको क्षमतामा पनि विकास हुनेछ । टेस्ट टोलीसँग सिरिज खेल्दा आफ्ना कमजोरी सुधार गर्दै जानेछन् ।

उदाहरणलाई कुनै नेपाली ब्याटरले जस बटलर, बेन स्टोक्स, डेविड मिलर, केन विलियम्सन जस्ता खेलाडीहरुसँग खेल्न पाएमा परिवर्तन गर्न सक्छन् । नेपाली कुनै बलरले ट्रेन्ट बोल्ट, कागिसो रबाडा, मिचेल स्टार्क, प्याट कमिन्स, शाहिन अफ्रिदी जस्ता खेलाडीसँगै खेल्न पाएमा धेरै कुराहरु सुधार गर्न सक्छन् ।

उनीहरुबाट धेरै कुराहरु सोधपुछका साथ सिक्न सक्छन् । स्टार खेलाडीको एउटा शब्द वा सेकेन्डको भनाईले खेलाडीको पुरै करिअर फेरिन सक्छ ।

२. आर्थिक स्तरमा वृद्धि

लगातार सिरिज र विदेशी लिग खेल्न पाएमा नेपाली खेलाडीको आर्थिक अवस्थामा वृद्धि हुनेछ । फ्रेन्चाइज लिगहरु राम्रो रकममा अनुबन्ध गर्न सक्छन् । अर्कोतर्फ ठूला टोलीहरुले सिरिज खेल्न चाहेमा टोली झन् ब्यस्त बन्नेछ । म्याच फी र दैनिक भत्ता लगायतले खेलाडीको आर्थिक अवस्थामा पनि सुधार हुनेछ ।

१. आइपिएलसहित फ्रेन्चाइज लिगमा अवसर

भारत र पाकिस्तानमा विश्वका प्रमुख बलर र ब्याटर छन् । ती टोलीविरुद्ध कुनैपनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्छन् भने इन्डियन प्रिमियर लिग (आइपिएल) सहित विश्वका फ्रेन्चाइज लिग खेल्ने अवसरको ढोकाहरु खोल्नेछन् । आइपिएल खेल्ने नेपाल मात्रै नभएर विश्व क्रिकेटरको सपना हुने गर्दछ ।

विश्वका सबै चर्चित फ्रेन्चाइज टोलीका मालिक, कप्तान र प्रशिक्षकले भारत र पाकिस्तानविरुद्ध नेपाली खेलाडीहरुको प्रदर्शन हेर्नेछन् । राम्रो प्रदर्शन गर्दै मन जित्न सके आगमी दिनमा नेपाली खेलाडीलाई किन्न सक्छन् ।

युवा खेलाडी हुँदा सिक्न बाँकी छ । कुनै टेस्ट टोलीका खेलाडी घाइते भएमा, आफ्नो देशको खेल भएर उपलब्ध नभएमा वा कम पैसामा किन्नु परे नेपाली खेलाडी रोजाईमा पर्न सक्छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.