default_image

1 year ago

August 30, 2023

नेपालविरुद्ध बाबरको विश्व कीर्तिमानी शतक

5745 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वर्तमान विश्व ओडिआई क्रिकेटका नम्बर वान ब्याटर बाबर आजमले एसिया कपमा नेपालविरुद्ध विश्व कीर्तिमानी शतक हानेका छन् । बाबरले १ सय ९ बलमा आफ्नो ओडिआई करिअरको १९ औं शतक पूरा गरेका हुन् ।


बाबर आजम १ सय ११ बलमा १० चौकासहित १ सय २ रनमा क्रिजमा छन् । योसँगै बाबर ओडिआईमा सर्वाधिक छिटो १ सय २ इनिङमा १९ औं शतक प्रहार गर्ने ब्याटर बनेका छन् । बाबरले दक्षिण अफ्रिकाका पूर्व ब्याटर हासिम अमलाको १ सय ४ र भारतका विराट कोहलीले १ सय २४ इनिङमा १९ औं शतक हानेका थिए ।

मुल्तान क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले ४२ ओभरमा ४ विकेट गुमाउँदै २ सय २९ रन बनाएको छ ।

करणले बाबर आजमको ५५ रनमा क्याच छाड्न पुगेका थिए । २९ औं ओभरको पाँचौं बलमा करण बाबरलाई कट एण्ड बोल्ड आउट गराउनबाट चुकेका थिए । बाबरले त्यसको फाइदा उठाउँदै शतक हानेका छन् । इफ्तिखार अहमद ५१ रनमा अविजित छन् । पाँचौं विकेटका लागि बाबर र इफ्तिखारले शतकीय साझेदारी गरि सकेका छन् ।

एक समय ६.१ ओभरमा २५–२ को अवस्थामा पुगेको पाकिस्तानलाई तेस्रो विकेटका लागि रिजवान र बाबरले १ सय ६ बलमा ८६ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।

नेपालले सुरुवात भने राम्रो गरेको थियो । तीव्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच गराएका थिए ।

सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा अर्का ओपनर इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए । तर उक्त जीवनदानको उनले फाइदा उठाउन सकेनन् ।

विकेटकिपर मोहम्मद रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगेका थिए । अघा सलमान ५ रनमा क्याच आउट भएका थिए ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.