2 years ago
August 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीले १९ औं एसियाली खेलकुदमा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ । नेपाल, जापाना र कम्बोडिया समूह बी मा छन् । समूह ए मा अफगानिस्तान र मंगोलिया छन् । समूह सी मा हङकङ, चीन र सिंगापुर छन् ।

समूह डी मा बहराइन, माल्दिभ्स र मलेसिया छन् । हरेक समूहका शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् ।
नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा जापानसँग खेल्नेछ । नेपालले अक्टोबर १ मा कम्बोडियासँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ ।
खेल टि२० शैलीमा हुनेछ । नेपाल टि२० आई वरियतामा १७ औं स्थानमा छ । जापान ५३ औं टि२० आई स्थानमा छ । कम्बोडिया भने आइसिसीको ८७ वरियताभित्र छैन । नेपालले आफूभन्दा निकै कमजोर टोली जापान र कम्बोडियामाथि टि२० क्रिकेटमा मैदानमा चौका र छक्काको वर्षा गराउने अनुमान गरिएको छ ।
नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरि सकेकोछ । भारतले र पाकिस्तानले ए टोली पठाउने छन् । भारतले ऋतुराज गायकवाड र पाकिस्तानले कासिम अक्रमले कप्तानी गर्नेछन् ।
नेपालको टोली :
रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) ।
पाकिस्तानको टोली :
कासिम अक्रम (कप्तान), ओमैर बिन युसुफ, अमैर जमल, अराफत मिनहास, अर्शद इकवाल, आसिफ अली, हैदर अली, खुशदील शाह, मिजा ताहिर बैग, मोहम्मद हसनैन, मोहम्मद अखलाक, राहिल नाजिर, शाहनवाज दाहानी, सुफ्यान मकीम र उस्मान कादिर ।
भारतको टोली :
ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिन्टन सुन्दर, शाहजाद अहमद, रवि विश्रोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम माभी, शिवम दुबे र प्रभशिम्रन सिंह (विकेटकिपर) ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]