default_image

2 years ago

September 4, 2023

भारतविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

3430 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ ः १५ मा श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो ।

नेपालले भारतविरुद्धको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । नेपालले स्पिनर ललितनारायण राजवंशीको स्थानमा कुनै एक खेलाडीलाई मौका दिनसक्छ । तर पालेकेलेको मैदान स्पिनर सहयोगी मानिन्छ । त्यसैले ललितलाई नै निरन्तरता दिने देखिन्छ ।

यदि पिच स्पिनर सहयोगी नभएको खण्डमा मात्रै भीम सार्की र प्रतिश जि.सी मध्य एकलाई मौका दिने सम्भावना रहन्छ । भारतीय खेलाडीको बायाँ हाते बलरविरुद्ध राम्रो इतिहास छैन । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले भारतविरुद्ध चार विकेट लिएका थिए ।

अन्य खेलाडी नेपालले परिवर्तन गर्ने सम्भावना देखिदैन । अ‍ोपनरमा कुशल भुर्तेल र आसिफ शेख नै हुनेछन् । यी दुई ओपनरबाट नेपाल राम्रो सुरुवात चाहन्छ । कप्तान रोहित पौडेल तेस्रो नम्बरमा खेल्नेछन् । रोहितको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । चौथो नम्बरमा आरिफ शेख खेल्ने सम्भावना छ । त्यसपछि नेपालको अवस्थामा भरपर्छ ।

नेपालले दुई युवा अलराउन्डर गुलशन झा र कुशल मल्ल दुबैलाई निरन्तरता दिनेछ । यी दुई खेलाडीलाई राम्रो प्रदर्शन गर्दै आइपिएल जस्ता लिग खेल्ने ढोका खोल्ने अवसर हुनेछ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख अलराउन्डरको रुपमा खेल्नेछन् । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा राम्रो गर्दै आएका छन् ।

यता सोमपाल कामी, करण केसी तीव्र गतिका हतियार हुन् । सन्दीप लामिछाने र ललितले स्पिन आक्रामण सम्हाल्नेछन् । पार्टटाइम स्पिनरमा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र रोहित पौडेल हुनेछन् ।

तीव्र गतिका पार्टटाइम बलरमा गुलशन र आरिफ शेख हुनेछन् । पाकिस्तानसँगको खेलबाट नेपालको टोलीमा परिवर्तनको सम्भावना कम देखिन्छ ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.