2 years ago
September 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेल थाईल्यान्डसँग खेल्ने भएको छ । नेपाल र थाईल्यान्डबीच शुक्रबार बिहान ७ : १५ मा दोस्रो सेमिफाइनल खेल हुनेछ । नेपालले थाईल्यान्डलाई हराउन सके आगमी वर्ष हुने आइसिसी महिला टि२० ग्लोबल छनोट खेल्न पाउनेछ ।

नेपाल समूह ए को उपविजेता र थाईल्यान्ड समूह बी को विजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । नेपाल समूह ए मा ५ खेलमा ४ मा जित र १ खेलमा अंक बाँड्दै ९ अंकका साथ दोस्रो स्थानमा रह्यो ।
आज वर्षाको कारण युएईसँग अंक बाँड्न पर्दा नेटरनरेटको कारण दोस्रो स्थानमा रह्यो । युएई समान खेल र अंक भएपनि नेटरनरेटका कारण शीर्ष स्थानमा रह्यो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई तीन विकेट र कुवेतलाई ९ विकेटले हराएको थियो ।
उता थाईल्यान्ड ४ खेलमा ३ मा जित र १ मा अंक बाड्दै ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । थाईल्यान्डले म्यानमारलाई १ सय रन, चीनलाई ९ विकेट, कुवेतसँग रद्द र हङकङलाई ४३ रनले हराएको थियो । पहिलो सेमिफाइनलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]