default_image

1 year ago

September 8, 2023

नेपालको विश्वकप खेल्ने सपना समाप्त

4474 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाईल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको छ । योसँगै २०२४ मा हुने ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना एसिया क्षेत्रिय छनोटमै समाप्त भएकोछ ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमा अल आउट भयो । नेपालको लागि कविता कुँवरले २० बलमा २ चौकासहित सर्वाधिक १७ रनको योगदान दिइन् । कविता जोशी र अप्सरी बेगमले समान १० रन बनाए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालले ओपनर काजोल श्रेष्ठलाई तेस्रो बलमै शून्यमा गुमाएको थियो । काजोल नाट्या बुचथमको बलमा चानिदाबाट क्याच आउट भएकी थिइन् । दोस्रो ओभरमा थिपाचा पुथावोङले इन्दु र रुविना दुई प्रमुख ब्याटरलाई आउट गर्दै नेपालको जितको सम्भावना कठिन बनाएकी थिइन् ।

दोस्रो ओभरमा इन्दु बर्मा तीन रनमा क्याच आउट भइन् । कप्तान रुविना क्षेत्री शून्यमा एलबीडब्लू आउट भएपछि नेपाल सुरुवातमै संकटमा पुगेको छ । पाँचौं ओभरमा फनिता मायाको बलमा सीता रानामगर एज लागेर विकेटकिपर सुवानाबाट क्याच आउट भएपछि नेपालको जितको सम्भावना लगभग सकिएको थियो ।

नेपालको भ्रदगोल ब्याटिङक्रमले सेमिफाइनल खेलमा पनि निरन्तरता पायो । ओपनर विन्दु रावललाई सातौं नम्बरमा खेलाएपनि उनले खाता खोल्न सकिनन् । यसअघि उनलाई नेपालले नवौं नम्बरमा समेत खेलाएको थियो । पुजा महतो ४ र अश्मिना कर्माचार्य ३ रनमा आउट भइन् ।

थाईल्यान्डकी ओनिचा कम्चोम्फुले ३ ओभरमा ६ रन खर्चेर ३ विकेट लिइन् । थिपाच्चा पुथावोङले ३.३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । नाट्या बुचथमले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । नेपालको कमजोर ब्याटिङलाई उक्त योगफल जित निकाल्न पर्याप्त थियो ।

थाईल्यान्डको जितमा शीर्षक्रमकी ब्याटर नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिएकी थिइन् । तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको चोथो बलमा ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच आउट गराएकी थिइन् ।

तर त्यसपछि दोस्रो विकेटका लागि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले संयमित ६८ रनको साझेदारी गर्दै जितको बलियो आधार बुनेका थिए । प्रमुख ब्याटर चान्थम ४५ बलमा २ चौकासहित ३१ रनमा आउट हुन पुगेकी थिइन् ।

चानिदा ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहिन् । नेपालकी पुजा महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन् । नेपालले खेलमा ७ बलर प्रयोग गरेको थियो । नेपालले पहिलो पटक ग्लोबल छनोट खेल्ने सपना यस पटक पनि पुरा हुन नसकी बाहिरिएको छ ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.