default_image

1 year ago

September 16, 2023

वासिमको उत्कृष्ट ब्याटिङमा युएईको विजयी सुरुवात

6210 views

0 Bookmark

एजेन्सी – कप्तान मोहम्मद वासिमको उत्कृष्ट ब्याटिङमा युएईले कतारमा जारी गल्फ क्रिकेट टि२० च्याम्पियनसिपमा ओमानलाई २२ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ९२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो ।

ओमानका कप्तान अकिब इलियासले ५२ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ९० रन बनाएपनि जिताउन सकेनन् । अकिब बाहेक अन्य कुनैपनि ओमानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर कश्याप प्रजापति १, जतिन्दर सिंह ११, आयन खान २१, नसिम खुशी २ र रफिउल्लाह ५ रनमा आउट भए । शोएब खान १३ रनमा नट आउट रहँदा मेहरान खान १३ बलमा ३ चौकासहित २२ रनमा नट आउट रहे ।

युएईका अली नासिरले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । जुनैद सिद्दिकले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । मोहम्मद जवादुल्लाह र आयन खानले एक एक विकेट लिए ।

त्यसअघि दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो । युएईका कप्तान मोहम्मद वासिमले ३८ बलमा ४ चौका र ८ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए । अर्का ओपनर अर्यांश शर्मा ५१ बलमा ५ चौकासहित ५२ रनमा नट आउट रहे ।

आसिफ खान २० बलमा ३ छक्कासहित ३५, अली नासिर १५ र अंश टन्डन २ रनमा आउट भए । ओमानका बिलाल खान, फयाज बट, मेहरान खान र अकिब इलियासले एक एक विकेट लिए ।

प्रतियोगितामा कतार, कुवेत, साउदी अरेविया, बहराइन, ओमान र युएई गरि गल्फका ६ टोली छन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । अर्को महिना नेपालमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटलाई अघि यस प्रतियोगिता तयारीको रुपमा हेरिएको छ ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.