default_image

1 year ago

September 17, 2023

एसिया कपको उपाधिको लागि भारत र श्रीलंका भिड्दै

1429 views

0 Bookmark

एजेन्सी – एसिया कप २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । भारत उत्कृष्ट ब्याटिङका साथ उपाधि जित्न चाहन्छ । घरेलु टोली श्रीलंका स्पिन आक्रामणसँगै घरेलु मैदान तथा दर्शकको फाइदा उठाउँदै उपाधि जित्ने सोचमा हुनेछ ।

भारत आठौं र श्रीलंका सातौं एसिया कप जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । श्रीलंका र भारतको सुपर फोरमा ४-४ अंक थियो । नेटरनरेटको कारण भारत शीर्ष र श्रीलंका दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

श्रीलंका सुपर फोरमा भारतसँग ४१ रनले पराजित भएपनि पाकिस्तानलाई दुई विकेट र बंगलादेशलाई २१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । उता भारतले श्रीलंकालाई ४१ रन र पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । बंगलादेशसँग भने ६ रनले पराजित भएको थियो ।

भारत आठौं र श्रीलंका सातौं पटक एसिया कप जित्ने सोचमा हुनेछन् । श्रीलंकाले २०२२ मा टि२० र भारतले २०१८ मा एकदिवसीय एसिया कप जितेका थिए । भारतको रोहित शर्मा र श्रीलंकाको दासुन शानकाले कप्तानी गर्नेछन् ।

स्पिनर दुनिथ वेलालागेले पाँच र चरिथ असलंकाले चार विकेट लिएपछि एक समय ८०–० को अवस्थाबाट भारत २ सय १३ रनमा अल आउट भएको थियो । स्पिनर दुनिथले सानदार प्रदर्शन गर्दै आएका छन् । भारतलाई उनले पुन निराश बनाउन सक्छन् । दुनिथ ब्याटिङ तल्लोक्रममा राम्रो गर्ने गर्दछन् ।

कुशल मेन्डिस, चरिथ असलंका र कुशल परेरा प्रमुख ब्याटर हुन् । कुशलले अफगानिस्तानविरुद्ध ९२, बंगलादेशविरुद्ध ५० र पाकिस्तानविरुद्ध ९१ रन बनाएका थिए । तेस्रो नम्बरका ब्याटर कुशल आक्रामक ब्याटिङको खुबी राख्ने गर्दछन् ।

उनको विकेट धेरै महत्वपूर्ण हुनेछ । चरिथ असलंकाले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानलाई हराउन उनले महत्वपूर्ण ४९ रन जोडेका थिए ।

अनुभवी ओपनर कुशल परेराले पाकिस्तानविरुद्ध मात्रै खेलेका थिए । आक्रामक सुरुवात दिलाएपनि उनी रन आउट हुन पुगेका थिए । सदिरा समाविक्रमा र पाथुम निसंकाबाट ठूलो इनिङ चाहन्छ ।

कप्तान दासुन शानकाको कप्तानी उत्कृष्ट छ । तर प्रदर्शन ब्याटिङमा छैन । फिनिसर शानकाबाट श्रीलंका फाइनलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । शानकालाई उत्कृष्ट प्रदर्शनको लागि ब्यक्तिगत दबाब समेत हुनेछ ।

श्रीलंकाका स्पिनर महेश थिक्सेना चोटका कारण टोलीमा हुनेछैनन् । थिक्सेना नहुँदा श्रीलंकालाई केहि घाटा लाग्नेछ । उनको स्थानमा श्रीलंकाले स्पिन अलराउन्डर सेहान अर्चाचिगेलाई मौका दिने सम्भावना देखिन्छ । तीव्र गतिका बलरमा मथिसा पाथिराना र कसुन रजिथा हुनेछन् ।

उता भारतका ओपनर शुभमन गिल राम्रो लयमा छन् । युवा ब्याटर शुभमन गिलले बंगलादेशविरुद्ध १ सय २१ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेका थिएनन् । त्यसअघि पाकिस्तानसँग ५८ र नेपालसँग ६७ रन बनाएका थिए । ओपनर गिल र रोहित शर्मा दुबै राम्रो लयमा छन् । यी दुई ब्याटरको सुरुवातले पनि धेरै फरक पार्नेछ ।

भारतको ब्याटिङक्रम उत्कृष्ट छ । तेस्रो नम्बरमा विराट कोहली, चौथो नम्बरमा लोकेश राहुल, पाँचौं नम्बरमा ईशान किशन र छैटौं नम्बरमा हार्दिक पान्ड्या छन् । कोहली र राहुलले पाकिस्तानविरुद्ध शतक हानेका थिए । यी दुई खेलाडी क्रिजमा टिकेको खण्डमा भारतले सहजै विशाल योगफल बनाउन सक्छ ।

तर स्तरिय स्पिन आक्रामण सामु भारतीय ब्याटिङ चल्न सकेको छैन । बंगलादेशसँग हारको मुख्य कारण स्पिन आक्रामण खेल्न नसक्नु थियो । श्रीलंकाले त्यसको भरपूर्ण फाइदा उठाएपनि ब्याटिङ नचल्दा हार्न पुगेको थियो । भारतको स्पिन आक्रामण पनि उत्कृष्ट छ । रविन्द्र जडेजा र कुलदीप यादवको बलिङ खेल्न श्रीलंकाका ब्याटरलाई सहज हुनेछैन ।

जस्प्रित बुमराह भारतका प्रमुख हतियार हुन् । बुमराहबाट बच्न कसे श्रीलंकाले राम्रो योगफल बनाउन सक्छ । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ । श्रीलंकाले ओडिआईमा भारतलाई २०२१ मा कोलोम्बोमानै हराएको थियो ।

श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा उपाधि जितेको थियो । भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.