default_image

2 years ago

September 20, 2023

टि२० विश्वकप छनोटमा नेपाल र ओमान एकै समूहमा

16382 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आगमी महिना टियु र मुलपानी क्रिकेट मैदानमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र ओमान एकै समूहमा परेका छन् ।

प्रतियोगिता कार्तिक १३ देखी २० गते ( ३० अक्टोबर देखी नोभेम्बर ६ ) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । तुलनात्मक रुपमा नेपाल सहज समूहमा परेको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप छनोटको प्रतियोगिता आयोजना गर्दैछ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने ए टोली आउनेछन् । एसिया क्षेत्र छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ । जसको विजेता टोली नेपाल आउने छ । नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई टोली आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
नेपाल २०१४ को टि२० विश्वकप पछि पहिलो पटक खेल्ने सोचमा हुनेछ ।

नेपाल २०२२ ओमानमा सम्पन्न टि२० विश्वकप छनोटको निर्णायक खेल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकपमा पुग्न सकेको थिएन ।

पछिल्लो एक वर्षमा सानदार क्रिकेट खेलेको नेपालको मनोबल उच्च छ । नेपाल घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै १० वर्षपछि विश्वकप खेल्ने सोचमा छ । २०२४ को विश्वकपमा २० टोलीले विश्वकप खेल्दैछन् । यसअघि १६ टोलीले मात्रै विश्वकप खेल्दै आएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.