default_image

1 year ago

October 7, 2023

विश्वकप : श्रीलंकाविरुद्ध डि कक र डुसेनको शतक

1405 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डि कक र शीर्षक्रमका ब्याटर रास्सी भान डर डुसेनले आइसिसी विश्वकप २०२३ मा श्रीलंकाविरुद्ध शतक हानेका छने । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ३५ ओभरमा २ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको छ ।

अनुभवी ब्याटर रास्सी भान डर डुसेन १ सय ३ बलमा १२ चौका र २ छक्कासहित १ सय रनमा अविजित छन् । एडेन माक्ररम १८ बलमा ४ चौकासहित २५ रनमा खेलेका छन् ।

दक्षिण अफ्रिकाका क्विन्टन डि ककले ८४ बलमा १२ चौका र ३ छक्कासहित १ सय रन बनाउँदै आउट भए । उनी तीव्र गतिका बलर मथिसा पाथिरानाको बलमा धनन्जय डि सिल्भाबाट क्याच आउट भए । शतक लगत्तै आउट भएका थिए ।

दोस्रो विकेटका लागि डुसेन र डि ककले २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गरेपछि दक्षिण अफ्रिकाले विशाल योगफलको आधार तय गरेको छ । कप्तान टेम्बा बभुमा भने ८ रनमै आउट भएका थिए । विश्वकपको आजको पहिलो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.