default_image

2 years ago

October 13, 2023

विश्वकपमा पाकिस्तान र भारत : हेड टु हेड

2980 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । दुबै टोली सुरुवाती दुई खेलमा विजयी भएका छन् । भारतले अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो । भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् । पाकिस्तानले पछिल्लो खेलमा श्रीलंकालाई हराउन ३ सय ४५ रनको विशाल लक्ष्य पूरा गरेको हुँदा मनोबल उच्च छ । भारत आफ्नो उच्च लयसँगै घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै जित हात पार्न चाहन्छ ।

भारतले एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग हालसम्म हारेको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । जसमा ७ खेलमा नै भारत विजयी भएको छ । भारत विश्वकपमा अपराजित यात्रा कायमै राख्न खोज्नेछ । पाकिस्तान विश्वकपमा भारतलाई पहिलो पटक हराउन चाहन्छ ।

पाकिस्तानले टि२० विश्वकपमा भने भारतलाई हराएको छ । २०२१ को टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टि२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा विजयी भएको छ ।
भारत र पाकिस्तानबीच एकदिवसीय विश्वकपको हेड टु हेड यस प्रकार छ ।

१९९२ – भारत ४३ रनले विजयी

१९९६ – भारत ३९ रनले विजयी

१९९९ – भारत ४७ रनले विजयी

२००३ – भारत ६ विकेटले विजयी

२०११ – भारत २९ रनले विजयी

२०१५ – भारत ७६ रनले विजयी

२०१९ – भारत डकवर्थ लेविस पद्धतिको आधारमा ८९ रनले विजयी ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.