2 years ago
October 16, 2023
एजेन्सी – सर्वाधिक पाँच पटकको च्याम्पियन अष्ट्रेलिया आइसिसी विश्वकप २०२३ को अंक तालिकामा सुरुवातमा पुछारमा परेको छ । १० टोली सहभागी विश्वकपमा अष्ट्रेलिया २ खेलमा जित विहीन हुँदै पुछारमा भएको हो ।

अष्ट्रेलयालाई जित विहीन नेदरल्यान्ड्स र श्रीलंकाले नेटरनरेटका कारण पछि छाडेका छन् । अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले पराजित भएको थियो । अष्ट्रेलयाले आज श्रीलंकासँग खेल्दैछ । समान दुई खेल खेलेका श्रीलंका र नेदरल्यान्ड्स जित विहीन हुँदै आठौं र नवौं स्थानमा छन् ।
भारत अंक तालिकाको शीर्ष स्थानमा छ । भारतको ३ खेलमा ६ अंक छ । न्युजिल्यान्ड ३ खेलमा ६ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छन् । भारत र न्युजिल्यान्डले सुरुवाती तीनै खेल जितेका छन् । दक्षिण अफ्रिका २ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।
जारी विश्वकपमा भारत, न्युजिल्यान्ड र दक्षिण अफ्रिका मात्रै अपराजित टोली हुन् । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ । इंग्ल्यान्ड अफगानिस्तानसँग ६९ रनले पराजित भएको थियो ।
अफगानिस्तानसँगको हार इंग्ल्यान्डलाई सेमिफाइनल यात्रामा भारी पर्नसक्छ । अफगानिस्तान ३ खेलमा १ मा जित र २ मा हारसहित छैटौं स्थानमा छ । बंगलादेश ३ खेलमा १ मा जित र २ मा हारका साथ २ अंकका साथ सातौं स्थानमा छ ।
प्रतियोगिता शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनलमा शीर्षस्थान र चौथो स्थानमा रहने टोलीले खेल्नेछन् । दोस्रो सेमिफाइनलमा दोस्रो र तेस्रो स्थानमा रहने टोली भिड्नेछन् ।
सेमिफाइनल पहिलो १५ नोभेम्बर र दोस्रो सेमिफाइनल १६ नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल मुम्बई र दोस्रो कोलकातामा हुनेछ । फाइनल नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा १९ नोभेम्बरमा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]