2 years ago
October 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् ।

नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । योसँगै मुलपानी मैदान टि२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बनेको छ ।
पछिल्लो समय नेपालले टि२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ । नेपाल र युएईबीच पाँच टि२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।
नेपालको प्लेइङ-११ः
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, अभिनाश बोहरा, श्याम ढकाल ।
युएईको प्लेइङ ११ :
मोहम्मद वासिम, खुलदील शाह, एलिशान शराफु, आसिफ खान, बासिल हमिद, अली नसिर, सन्चित शर्मा, मोहम्मद फराजुदीन, जहुर खान, मोहम्मद जवादुल्लाह, निलनाश केश्वानी ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]