2 years ago
October 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहितको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । रोहितले मोहम्मद जवादुल्लाहलाई अन्तिम बलमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।
चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए । नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भए ।
स्पिनर निलान्श केश्वानीको बलमा कुशल अली नासिरबाट क्याच आउट हुन पुगेका थिए । कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रन आउट भए ।

अली नासिरको बलमा आसिफ शेख मोहम्मद वासिमबाट मिडअनमा २३ रनमा आउट भए । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।

त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिएका थिए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।
नेपाललाई तीव्र गतिका बलरले राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको अन्तिम बलमा पहिलो सफलता दिलाएका थिए ।
युएईका लागि डेब्यू खेल खेलेका ओपनर खालिद शाह ठूलो सटको धुनमा मिडअफमा कप्तान रोहित पौडेलबाट क्याच आउट हुन पुगेका थिए ।
करण केसीको चौथो ओभरको पहिलो बलमा एलिशान शराफु एज लागेर ६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ खान र मोहम्मद वासिमले २४ रनको साझेदारी गरेका थिए ।

गुलशन झाको सातौं ओभरको पहिलो बलमा लङअनमा सर्ट खेल्न चाहेका वासिम मिडविकेटमा कुशल भुर्तेलबाट १७ रनमा क्याच आउट भए । वासिमले १८ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
गुलशनको नवौं ओभरको चौथो बलमा आसिफ खान प्वाइन्टमा सन्दीप जोराबाट क्याच आउट भए । उनले १२ बलमा २ चौकासहित १५ रन आउट भए । आसिफ र वासिम आउट भएपछि युएई समस्यामा परेको थियो ।
नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल भोली हङकङसँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]