2 years ago
October 18, 2023
एजेन्सी – जर्सीका १९ वर्षीय एसा ट्राइबले युरोपियन क्रिकेट च्याम्पियनसिप २०२३ मा आरल्यान्ड ११ विरुद्ध मात्रै २४ बलमा शतक हानेका छन् । कर्टामा ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जर्सीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउदै १ सय ९९ रन बनाएको थियो ।

एसा ट्राइब ३२ बलमा ७ चौका र १४ छक्कासहित १ सय २२ रनमा अविजित रहे । उनले २४ बलमै शतक हानेका थिए । युरोपियन क्रिकेट च्याम्पियनसिप इतिहासमा यो दोस्रो छिटो शतक हो । यसअघि २०२२ मा जमशेद खानले मात्रै २२ बलमा शतक हानेका थिए ।
इंग्ल्यान्डका विल ज्याकले सन् २०१९ मा दुबईमा सर्रेबाट ल्याङ्कशायरविरुद्ध टि१० खेलमा २५ बलमा ११ छक्का र ८ चौकासहित शतक हानेका थिए । पाकिस्तानमा एक टि१० मैत्रीपूर्ण खेलमा बाबर आजमले २६ बलमा ११ छक्का र ७ चौकासहित शतक हानेका थिए । तर टि१० क्रिकेटलाई अन्तर्राष्ट्रिय मानिदैन ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेलमा सर्वाधिक छिटो शतक अष्ट्रेलिया २१ वर्षीय युवा ब्याटर ज्याक फ्रेजर म्याक गुर्कले २९ बलमा हानेका छन् । केहि साताअघि उनले अष्ट्रेलियाको लिष्ट ए मान्यता प्राप्त चर्चित घरेलु प्रतियोगिता द मार्श कपमा उनले साउथ अष्ट्रेलियाबाट तस्मानियाविरुद्ध २९ बलमै शतक हानेका थिए ।

दक्षिण अफ्रिकाका एवि डिभिलियर्स २०१५ मा वेस्टइन्डिजविरुद्ध ३१ बलमा शतक हानेका थिए । उनी ओडिआई इतिहासमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी हुन् । टि२० क्रिकेटमा सर्वाधिक छिटो ३० बलमा छ ।
क्रिस गेलले २०१३ मा पुणे वारियर्सविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरबाट ३० बलमै शतक हानेका थिए । टि२० आईमा भने सर्वाधिक छिटो शतक नेपालका कुशल मल्लले दुई साता अघि मंगोसियाविरुद्ध ३४ बलमै शतक हानेका थिए ।
लिष्ट ए, प्रथम श्रेणी, टि२०, टि२० आई, ओडिआई र टेस्ट खेललाई अन्तर्राष्ट्रिय मान्यता मानिन्छ । यी सबै क्रिकेटको सर्वाधिक छिटो शतक ज्याक फ्रेजर म्याक गुर्कको नाममा छ ।

एसाले ५ ओडिआईमा १ शतक र १ अर्धशतकसहित कुल २ सय ३७ रन बनाएका छन् । गत अप्रिलमा आइसिसी विश्वकप प्ले अफ क्वालिफायरमा उनले पपुवा न्युगिनीविरुद्ध १ सय १५, अमेरिकाविरुद्ध ७५ र युएईविरुद्ध ४० रन बनाएका थिए । जर्सीको टोलीमा उनी ठूलो आशा बोकेका युवा खेलाडी हुन् ।
उनले छोटो समयमा ठूलो सम्भावना देखाएका छन् । उनको उत्कृष्ट प्रदर्शनमा जर्सीले आयरल्यान्ड ११ लाई ४० रनले हराएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]