2 years ago
October 18, 2023
एजेन्सी – न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा अफगानिस्तानमाथि १ सय ४९ रनको सानदार जित हात पारेको छ । लगातार चौथो जितका साथ न्युजिल्यान्ड ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । न्युजिल्यान्डले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ ।

जितको लागि २ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १ सय ३९ रनमा अल आउट भयो । अफगानिस्तानका रहमात शाहले ६२ बलमा १ चौकासहित सर्वाधिक ३६ रन बनाए । आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए ।
न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनारले ७.४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर लोकी फर्गुसनले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ७ ओभरमा १ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । म्याट हेनरीले १ विकेट लिए ।
त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रन बनाएको थियो । न्युजिल्यान्डको जितमा ग्लेन फिलिप्सले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए । कार्यवाहक कप्तान तथा विकेटकिपर टम लाथमले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रनको कप्तानी इनिङ खेलेका थिए ।

एक समय ११०(४ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन लाथम र फिलिप्सले पाँचौं विकेटका लागि १ सय ४४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । त्यो साझेदारी जितको आधार बनेको थियो ।
ओपनर डेभन कन्वे मुजिब उर रहमानको बलमा २० रनमा एलबीडब्लू आउट भए । तर दोस्रो विकेटका लागि विल योंग र रचिन रविन्द्रले ७९ रनको साझेदारी विशाल योगफलको सम्भावना देखाएका थिए ।
रविन्द्र ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । उनी आजमतुल्लाह ओमरजाईको बलमा बोल्ड भएका थिए । त्यसै ओभरमा विल योंग पनि क्याच आउट भएका थिए ।
विल योंग ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए । राशिद खानले डर्याल मिचेललाई १ रनमा क्याच गराएपछि न्युजिल्यान्ड १०९-१ को अवस्थाबाट ११०-४ को दयनीय अवस्थामा पुगेको थियो ।
तर त्यसपछि लाथम र फिलिप्सको शतकीय साझेदारीमा न्युजिल्यान्ड खेलमा फर्किएको थियो । मार्क च्यापम्यान १२ बलमा २ चौका र १ छक्कासहित २५ र मिचेल सान्टनार ७ रनमा नट आउट रहेका थिउ ।
अफगानिस्तानका आजमतुल्लाह ओमरजाईले ७ ओभरमा ५६ रन खर्चेर २ विकेट लिए । नविन उल हकले ८ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । राशिद खानले १० ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । मुजिब उर रहमानले १० ओभरमा ५७ रन खर्चेर १ विकेट लिए ।
न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेट, नेदरल्यान्ड्सलाई ९९ र बंगलादेशलाई ८ विकेटले हराएको थियो । न्युजिल्यान्डे अव आइतबार भारतसँग खेल्नेछ । अफगानिस्तानले यसअघिको खेलमा इंग्ल्यान्डलाई ६९ रनले हराएको थियो । बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले हारेको थियो । अफगानिस्तानले सोमबार पाकिस्तानसँग खेल्नेछ ।
न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । भारत ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ नेटरनरेटको कारण चौथो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]