2 years ago
October 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा शनिबार जापानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा बायोमास ओभलमा सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र जापानको कोजी हार्डग्रेभ एबीले गर्नेछन् ।

नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । जापानले हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो । हङकङविरुद्ध जापानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो ।
ओपनर आदित्य फड्केले ७९, निखिल पोलले ३३, ऋथिक सिभकुमारले ४४ रन बनाएका थिए । जापानले इन्डोनएसियालाई ३० रनमै अल आउट गरेको थियो । इन्डोनएसियालाई सस्तैमा अल आउट गर्न जापानका कजुमा काटो स्टाफोर्ड र चार्ली हिन्जले समान चार विकेट लिएका थिए ।
जापानले मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ६ रनले हराएको थियो । जापानका ओपनर आदित्य र निखिल राम्रो सम्भावना बोकेका ब्याटर हुन् । बलिङमा कजुमा र चार्ली प्रमुख बलिङ हतियार हुन् ।

नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय १ रनले हराएको थियो । नेपालका ओपनर अर्जुन कुमालले साउदी अरेवियाविरुद्ध १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
देव खनालले बहराइनविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । देव र अर्जुन नेपालका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरबाट नेपाल ठूलो इनिङ चाहन्छ । आकाश त्रिपाठी, विशाल विक्रम केसी र दीपक बोहरा पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् ।
नेपालको बलिङ आक्रामणमा दीपेश कँडेल प्रमुख हतियार हुन् ।

दीपेशले तीन खेलमा १५ विकेट लिएका छन् । बहराइन र साउदी अरेवियाविरुद्ध दीपेशले ६–६ विकेट लिएका थिए । बहराइनविरुद्ध उनले ९.५ ओभरमा मात्रै ४ रन खर्चेर ६ विकेट लिएका थिए । साउदीविरुद्ध ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिएका थिए ।
उनलाई सुवास भण्डारीले साथ दिनेछन् । नेपालको तीव्र गतिको बलिङ आक्रामणमा दुर्गेश गुप्ता, आकाश चन्द र हेमन्त धामी हुनेछन् । नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।

दोस्रो सेमिफाइनल खेलमा समूह बी को विजेता युएई र समूह सी को विजेता सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । फाइनल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]