2 years ago
October 22, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर विराट कोहली र तीव्र गतिका बलर मोहम्मद शामीको उत्कृष्ट प्रदर्शनमा भारतले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै भारत १० अंकका साथ शीर्षस्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ ।

जितका लागि २ सय ७४ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । भाारतका विराट कोहलीले १ सय ४ बलमा ८ चौका र २ छक्कासहित ९५ रनमा आउट भए । उनी म्याट हेनरीको ४८ औं ओभरको चौथो बलमा डिप मिडविकेटमा ग्लेन फिलिप्सबाट क्याच आउट भएपछि करिअरको ४९ औं शतक पूरा गर्न मात्रै पाँच रनले चुकेका थिए ।
भारतलाई कप्तान रोहित शर्माले ४० बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । उनी लोकी फर्गुसनको बलमा बोल्ड आउट भए । पहिलो विकेटका लागि रोहित र शुभमन गिलले ११.१ ओभरमा ७१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए ।
गिल ३१ बलमा ५ चौकासहित २६ रनमा आउट भए । श्रेयस ऐर २९ बलमा ६ चौकासहित ३३ रन बनाउँदै क्याच आउट भएका थिए । मिचेल सान्टनारले लोकेश राहुललाई २७ रनमा एलबीडब्लू आउट गरे । सूर्य कुमार यादव २ रनमा रन आउट भए । एक समय भारत ३३.५ ओभरमा १९१-५ को अवस्थामा पुगेको थियो । त्यसपछि कोहली र जडेजाले छैटौं विकेटका लागि ७८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
जडेजा ४४ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । न्युजिल्यान्डका लोकी फर्गुसनले ८ ओभरमा ६३ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल सान्टनारले एक एक विकेट लिए ।
त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७३ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेलेपनि जितको लागि पर्याप्त हुन सकेन । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो ।

दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए । मिचेल र रविन्द्र बाहेक अन्यले राम्रो गर्न नसक्दा न्युजिल्यान्डले विशाल योगफल बनाउने अवसर गुमाएको थियो । त्यो नै हारको प्रमुख कारण बन्यो ।
मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा रविन्द्र लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए । विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए ।
एक समय ८।१ ओभरमा १९(२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो । तर त्यसपछिका ब्याटरले भने राम्रो रन बनाउन सकेनन् ।

कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए ।
भारतको जितमा मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र मोहम्मद शामीले समान १–१ विकेट लिए ।
न्युजिल्यान्ड ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्डले अव आगामी शनिबार अष्टेलियासँग खेल्नेछ । भारतले आगामी आइतबार इंग्ल्यान्डसँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]