default_image

2 years ago

October 23, 2023

नेपाललाई यूएईको प्रतिस्पर्धात्मक लक्ष्य

2074 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको अन्तिम लिग खेलमा यूएईबाट १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको छ ।

नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोड्यो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५-४५ रनको योगदान दिए ।

बसिलले १९ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए । इनिङको अन्त्यतिर उनको आक्रामक ब्याटिङकै कारण यूएईले राम्रो योगफल खडा गरेको थियो । त्यसअघि वृत्यले मध्यक्रम सम्हाल्ने क्रममा ५१ बलमा ४ चौका प्रहार गरे ।

सोमपालले पहिलो स्पेलको सुरुवाती दुई ओभरमा विकेट लिँदै यूएईका दुई ओपनरलाई पेभेलियन फर्काएका थिए । उनले पहिलो ओभरको अन्तिम बलमा खालिद शाहलाई बोल्ड गरे । त्यसअघि खालिदले सोमपाललाई तीन चौका प्रहार गरेका थिए ।

सोमपालले आफ्नो दोस्रो ओभरको चौथो बलमा कप्तान मुहमद वासिमलाई पनि आउट गरे । वासिम ठूलो सट खेल्ने धुनमा दिप मिड विकेटमा क्याच आउट भए । उनले ७ बलमा १ चौकासहित ८ रन जोडे ।

आसिफ खान १७ बलमा १८ रन जोड्दै गुलशन झाको शिकार बने । आलिशान शरफु र वृत्यले त्यसपछि इनिङ सम्हाल्ने कोशिश गरेपनि रन कुद्ने क्रममा असमझदारी भएपछि आलिशान रनआउट भए ।

नेपालका लागि सोमपाल र अभिनाशले २-२ विकेट लिए । करण केसी र गुलशनको नाममा १-१ विकेट रह्यो ।

नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार चौथो खेलमा टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका थिए । नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अभिनाश बोहोरा टोलीमा फर्केका छन् । यस्तै पछिल्लो खेलबाट प्रतिश जिसी र ललित नारायण राजवंशीलाई विश्राम दिइएको छ ।

नेपालले सुरुवाती दुई खेलमा पनि टस जितेर फिल्डीङ नै रोजेको थियो । हङकङसँग शनिबार भएको खेलमा भने नेपालले पहिलो ब्याटिङ गर्दै २ सय १३ रनको विशाल योगफल खडा गरेको थियो ।

नेपालको टोली :

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा

यूएईको टोली :

मुहमद वसीम, वृत्य अरविन्द, खालिद शाह, आलिशान सराफु, आसिफ खान, बसिल हमिद, नसिर अली, निलांश केश्वनी, जहुर खान, मुहमद जवादुल्लाह, अकिफ राजा

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.