default_image

2 years ago

October 24, 2023

बंगलादेशमाथि सानदार जितसँगै दक्षिण अफ्रिका दोस्रो स्थानमा

2070 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले सानदार ब्याटिङ र बलिङ प्रदर्शनको सहयोगमा आइसिसी विश्वकप २०२३ मा बंगलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएकोछ । पाँच खेलमा चौथो जितका साथ दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना मजबुत बनाएको छ ।

जितको लागि ३ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश ४६.४ ओभरमा २ सय ३३ रनमा अल आउट भयो । बंगलादेशका महमूदुल्लाह रियादले १ सय ११ बलमा ११ चौका र ४ छक्कासहित सर्वाधिक १ सय ११ रनको शतकीय इनिङ खेले ।
उनको यो ओडिआई करिअरको चौथो र विश्वकपको तेस्रो शतक हो । । एक समय ८१(६ को दयनीय अवस्थामा पुगेको बंगलादेशलाई महमुदूल्लाहले शतक हाल्दै लज्जास्पदबाट जोगाएका थिए । महमुदूल्लाहको एकल प्रदर्शन जितको लागि पर्याप्त भने थिएन ।

दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामण सामु अन्य कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । ओपनर तानजिद हसन १२, लिटन दास २२, नाज्मुल हसन डक, सकिब अल हसन १, मुश्ताफिजुर रहमान ८, मेहेदी हसन मिराज ११, नासुम अहमद १९ र हसन मोहम्मद १५ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले १० ओभरमा ६३ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । मार्को यानसन र लिजार्ड विलियम्सले समान दुई विकेट लिए । केशव महाराजले एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो। यसअघि श्रीलंका विरुद्ध ४२८ रन बनाएको दक्षिण अफ्रिकाले इंगल्याण्ड विरुद्ध ३९९ रन खडा गरेको थियो।

दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डिककले १ सय ५० बलमा १५ चौका र ७ छक्कासहित सर्वाधिक १सय ७४ रनको सानदार शतकीय इनिङ खेलेका थिए । जारी विश्वकपमा उनको तेस्रो शतक हो । डिककले पाँच नम्बरमा ब्याटिङ गर्न आएका हेनरिक क्लासनसँग मिलेर चौथो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए।

क्लासनले ५० बलमा २ चौका र ८ छक्कासहित ९० रनको विष्फोटक इनिङ खेले । ओपनर रिजा हेन्ड्रीक्स १२ रन बनाएर शोरीफुल इस्लामको बलमा बोल्ड भएका थिए। तेस्रो नम्बरमा आएका रास्सी भ्यान डर डुसेनले पनि १ रन मात्र बनाउँदै मेहिही हसन मिराजको सिकार बने।

त्यसपछि डीकक र कप्तान एइडन मारक्रम मिलेर तेस्रो विकेटका लागि १ सय ३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । मारक्रम ६९ बलमा ७ चौकासहित ६० रनमा आउट भए ।

डेभिड मिलर १५ बलमा १ चौका र ४ छक्कासहित ३४ रनमा नट आउट रहे । बंगलादेशका लागि हसन महमूदले ६ ओभरमा ६७ रन खर्चिदै सर्वाधिक दुई विकेट लिए। मेहेदी हसन मिराज, शोरीफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक(एक विकेट लिए।

दक्षिण अफ्रिका ५ खेलमा ४ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ शीर्षस्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.