2 years ago
October 25, 2023
एजेन्सी – अष्ट्रेलियाले विश्व कप क्रिकेटमा अहिले सम्मकै ठूलो अन्तरको जित हासिल गरेको छ ।

नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराउँदै अष्ट्रेलियाले बुधबार फराकिलो अन्तरको जित हासिल गरेको हो । यसअघि सन् २०१५ को विश्व कपमा अष्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो ।
४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट हुँदै ९० रनमा समेटिएको थियो । एडम जाम्पाले किफायती बलिङ गर्दै ४ विकेट लिएपछि नेदरल्यान्ड्स एक सय रन कटाउन पनि असफल भएको थियो । ३ ओभर बलिङ गरेका जाम्पाले ८ रन खर्चेर ४ विकेट लिएका थिए । मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान १-१ विकेट लिएका थिए ।
विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि ओपनर विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाएका थिए । स्कट एडवार्ड्सले १२, सेबार्ड इङगेलब्रेचले ११, कोलिन एकरम्यानले १० रन जाोडे भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसमध्ये ३ खेलाडीले भने रनको खाता खोल्न सकेनन् ।
त्यसअघि ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्दतले अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्यान्ड्स विरुद्ध विशाल योगफल खडा गरेको थियो । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकट गुमाउँदै ३ सय ९९ रन बनाएको हो । अष्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेले ।
म्याक्सवेलले ४० बलमा शतक बनाउने क्रममा विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान तोडेका हुन् । उनले ४० बलमा शतक बनाउँदै यसै विश्वकपमा दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाका सुरुवाती ब्याटर मिचेल मार्स ९ रन बनाएर फर्किएका थिए । तर अर्का ओपनर वार्नरले ९३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ४ रन बनाए । वार्नर र स्टिभ स्मिथले तेस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गरेका थिए। स्मिथले ९ चौका र १ छक्का सहित ६८ बलमा ७१ रन बनाए ।
चौथो नम्बरमा ब्याटिङ गरेका मार्नस ल्याबुसेनले पनि ४७ बलमा ७ चौका र २ छक्का सहित ६२ रन बनाए । जोस इंग्लिस १४ रन बनाएर आउट भए ।
त्यसपछि ४०औं ओभरमा ब्याटिङ गर्न आएका म्याक्सवेलले ४४ बलमा ९ चौका र ८ छक्का सहित विष्फोटक पारि खेल्दै १ सय ६ रन बनाए । यस्तै क्यामरन ग्रीनले ८ रन बनाउँदा मिचेल सटार्कले रन बनाउन सकेनन् । कप्तान प्याट कमिन्स १२ र एडम जाम्पा १ रनमा नटआउट रहे ।
नेदरल्यान्ड्सका बास डे लेडा ओडीआईको एक खेलमा सर्वाधिक रन खर्चिनै बलर बने । २ विकट लिएका उनले १० ओभरमा १ सय १५ रन खर्चे । यसअघि एडम जाम्पाले दक्षिण अफ्रिका विरुद्ध यही वर्ष १ सय १३ रन खर्चिएर मिक लुइसको बिर्सनलायक कीर्तिमान बराबरी गरेका थिए । नेदरल्यान्ड्सका लोगन भ्यान बिकले १० ओभरमा ७४ रन खर्चेर सर्वाधिक ४ विकट लिए । यस्तै आर्यन दत्तले १ विकेट लिए।
जितसँगै अष्ट्रेलियाको ६ अंक पुगेको छ र टोली अंक तालिकाको चौथो स्थानमा छ । १० अंकसहित भारत शीर्षस्थानमा छ भने समान ८ अंक जोडेका दक्षिण अफ्रिका दोस्रो र न्युजिल्यान्ड तेस्रो स्थानमा छ । समान ४ अंकसहित पााकिस्तान पाँचौं, फगानिस्तान छैटौं स्थानमा छ भने समान २ अंक जोडेका श्रीलंका, इङ्ल्यान्डस, बंगलादेश र नेदरल्यान्ड्स क्रमशः सातौंदेखि दसौं स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]