2 years ago
October 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर दीपेश कँडेलले आफ्नोतर्फबाट नेपाललाई केहि दिन पाउँदा खुसी लाग्ने बताएका छन् । मलेसियामा सम्पन्न एसिसी प्रिमियर कपमा नेपाललाई च्याम्पियन बनाउन सर्वोत्कृष्ट खेलाडी चुनिएका उनले स्वदेश फर्किएपछि उक्त प्रतिक्रिया दिएका हुन् । युवा टोली आज बिहान नेपाल फर्किएको छ ।

‘हाम्रो लागि यो एउटा अवसर थियो । भारत र पाकिस्तान विश्वका उत्कृष्ट टोलीहरु हुन् । सबै जनाले राम्रो गरे’, नेपाल फर्किएपछि दीपेशले भने ।
नेपालका ब्याटरहरुले कमजोर टोलीविरुद्ध सानदार जित दिलाएका थिए । त्यसले गर्दा बलरहरुलाई थप सहज भएको थियो । दीपेश आफ्नो भूमिकामा काम गर्ने बताउँछन् । ‘आफ्नो भूमिकामा काम गर्ने हो । गुरु र टिम म्यानेजमेन्टले एउटा भूमिका दिनु भएको थियो । सब बलरहरुले आफ्नो उत्कृष्ट दिनुपर्ने हुन्छ’, उनले भने ।
नेपालले फाइनलमा युएईलाई १९ रनले हराउँदै उपाधि जितेको थियो । नेपाल, युएई र तेस्रो भएको जापानले आगामी डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्नेछन् । २०२४ को जनवरीमा श्रीलंकामा हुने यू१९ विश्वकप अघि नेपालले भारत, पाकिस्तान जस्ता टोलीसँग खेल्ने अवसर पाउनेछ ।
दीपेशले समूह चरणको पहिलो खेलमा नेपालले इरानलाई २ सय ७४ रनले हराएको थियो । उक्त खेलमा दीपेशले ७ ओभरमा ४ रन खर्चेर ३ विकेट लिएका थिए । कप्तान देव खनालको शतकको सहयोगमा नेपालले ३ सय ५३ रन बनाएको थियो ।
बहराइनलाई ७७ रनमा अल आउट गर्न उनले ९.५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिएका थिए । साउदी अरेवियालाई नेपालले ३ सय २ रनले हराएको थियो ।
अर्जुन कुमालको १ सय ४२ रनको सहयोगमा नेपालले ३ सय ४८ रन बनाएको थियो । दीपेशले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिएका थिए । सेमिफाइनलमा ३ र फाइनलमा युएईविरुद्ध विकेट विहीन बनेका थिए ।
‘पक्कैपनि राम्रो अनुभव भयो । नेपालबाट प्रतिनिधित्व गर्दा । आफ्नो तर्फबाट नेपाललाई केहि दिदा एकदमै खुसी लाग्छ । यो गर्वको क्षण बारम्बार पनि आउँदैन’, उनले भने ।
दीपेशको पूरा भिडियो हेर्नुहोस् :
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]